NewsKoseli.Com

जिका भाइरसको संक्रमण युरोपसम्म फैलनसक्ने

विश्व स्वास्थ्य संगठनले गर्मी याममा जिका भाइरस युरोपसम्म प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. मारग्रेट चानले लामखुट्टे नियन्त्रण गर्न सफल नभएको भन्दै जिका भाइरस अब युरोपसम्म फैलिने भन्दै सबैलाई सचेत...बाँकी

माल्दिभ्सका पूर्व राष्ट्रपति बेलायतमा शरणार्थी बने

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद बेलायतमा शरणार्थी बनेका छन् । ४९ वर्षीय नशीदलाई आतंकवादको आरोपमा माल्दिभ्स सरकारले जेलमा राख्दै आएको थियो । सरकारले उनलाई उपचारका लागि बेलायत जान अनुमति दिएको थियो । उपचारका लागि बेलायतमै रहँदा...बाँकी

होस्टलमा आगलागी, १७ को मृत्यु

थाइल्याण्डको एक होस्टलमा गएराति आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतक सबै सोही होस्टलमा बस्दै आएका छात्रा हुन् । प्रहरीका अनुसार आइतबार राति स्थानीय समय अनुसार करिब ११ बजे थाइल्याण्डको उत्तरी प्रान्त...बाँकी

इराकमा आईएसविरुद्ध कडा कारवाहीको चेतावनी

इराकका प्रधानमन्त्री हैदर अल अबादीले अतिवादी इस्लामिक समूह आइएसलाई फलुजा शहर छाड्न चेतावनी दिएका छन् । यसका लागि ठूलो सैन्य अभियान सुरु गर्ने अबादीले बताएको बीबीसीले जनाएको छ । आइएसको कब्जामा रहेको फलुजा शहरका बासिन्दालाई...बाँकी

आईएसको आक्रमणमा पूर्वमन्त्रीको मृत्यु

लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा शाहदत प्राप्त गरेकाे लाना न्युज एजेन्सीले आइतबार जनाएको छ । उनकाे सरकारी सेना तथा विद्रोहीबीच लिबियाको सिर्त क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएको...बाँकी

अफगानिस्तानका तालिबान नेता हवाइ आक्रमणमा मारिए

अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति...बाँकी

अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान

अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् । घटनाका कारण केही समय ह्वाइटहाउसको बन्द गर्नुपरेको थियो...बाँकी

बुद्धको जन्मभूमि नेपालीका लागि अझ विशेषः बेलायती प्रधानमन्त्री डेभिड क्यामरून

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले २५६० औं बुद्ध जयन्तीको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश पठाउँदै भगवान गौतमवुद्धको विचार विश्वव्यापी रहेको बताएका छन् । विश्वभर रहेका बुद्ध धर्मावलम्वीलाई बुद्ध जयन्तीको शुभकामना दिदैं प्रधानमन्त्री क्यामरूनले  बुद्धको जन्मभूमि नेपाली  जनताका...बाँकी

श्रीलङ्कामा पहिरोबाट १६ को मृत्यु सयौँ बेपत्ता

श्रीलङ्काको केगाल्ले जिल्लामा गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १६ पुगेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । यस पहिरोमा परी सयौं व्यक्ति वेपत्ता भएका छन् । गत मङ्गलबार साँझबाट सो पहिरो जान सुरु...बाँकी

सरकारी निर्णयको विरोध गर्दा ५१ जनालाई जेल सजाय

इजिप्टको सर्वोच्च अदालतले सरकारको निर्णयबिरुद्ध प्रदर्शनमा संग्लन भएको अभियोगमा ५१ जनालाई दुई/दुई बर्षको सजायँ सुनाएको छ । इजिप्टका राष्ट्रपति फतेह अल सीसीले इजिप्टको दुई महत्वपूर्ण द्वीप सउदी अरबलाई दिएको बिरोधमा इजिप्टको राजधानी कायरोमा गत अप्रील...बाँकी