newskoseli.Com

स्वास्थ्ययोद्धालाई फाैजीयोद्धाको पत्र

प्रिय साथी स्वास्थ्यकर्मी योद्धा तिमीलाई फौजी योद्धाको सलाम छ । सँगसँगै हो तिमी स्वास्थ्य–सिपाहीमा भर्ती भएको म फौजी सिपाहीमा भर्ती भएको तिमीले सेतो बर्दी रोजेको मैले हरियो बर्दी रोजेको तिमीले आला, कैंची अनि औषधि रोजेको मैले बम, बारुद अनि बन्दुक रोजेको बाटो र तरिका फरक हो । आखिर उद्ध...बाँकी

‘बहस’ : अर्जुन पराजुलीको बेजोड कविता !

शीतलनिवासको धाराले दिएकै छ बालुवाटारको धाराले दिएकै छ नारायणहिटीको धाराले दिएकै छ बूढानीलकण्ठको धाराले दिएकै छ । गतिछाडाको धाराले दिएकै छ बयलगाडाको धाराले दिएकै छ गुडगुडे हुक्काको धाराले दिएकै छ उखान–टुक्काको धाराले दिएकै छ । संसद् विघटनको अधिकार नदिएको त्यही एउटा संविधानको धाराले त हो ...बाँकी

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...बाँकी

‘साथी म बन्दी छु’ : [ जेलभित्रैबाट माइला लामाको सशक्त सिर्जना ]

फलामे ढोका पर्खालभित्र, साथी म बन्दी छु न्यायको गीत गाउँदै हिँड्दा, साथी म बन्दी छु । विदेश होइन युवाको पौरख, देशभित्रै पोख्न देऊ प्यारीको साथमा पसिना धारा, माटोमा रोप्न देऊ दिदी र बहिनी पराइको देशमा, बेचिन नदेऊ भनेर युवा आवाज गाउँदा, साथी म बन्दी छु । ढुकुटीमाथि लामो हात गरे, देश भो बर्बा...बाँकी

भेडाल्याण्ड

शिक्षा र भिक्षाले बिग्रेको एउटा गाउँ छ गाउँको नाउँ हो– भेडो गाउँ । गाउँभित्र तपाईं र म मात्रै होइनौं अरु थुप्रै अग्रज भेडाहरु पनि छन् तिनै अग्रजको अग्रगतिले गाउँ बिग्रेको तर, भेडो के–कतिले बिग्रेको, थाहा छैन आफूले त अहिलेसम्म बिग्रिने मौका नै पा’छैन । मौकामा चौका हान्दछौं मुखले गाली गर्दै ...बाँकी

‘सपनाका यात्रीहरू’ : विप्लवका युग बदल्ने सारथि (भिडियाेसहित)

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले य...बाँकी

पूर्खाका पदचापहरु

उरालेर नसामा विस्तारवादी छालहरु ताकेर मेरो कालीको शिर तिमी आइपुगेछौ ठीक मेरो आँगनमा । विश्व बन्दाबन्दीको कोरोना कहरमा तड्पिरहेका बेला जब चोइट्यायौ हाम्रो अस्तित्व जब टुकर्यायौ हाम्रो अस्मिता जब धुज्यायौ हाम्रो मानचित्र जब गुडायौ अभिमानको कारगेड तब नै उम्लेको हो यो गोर्खाली रगत र, लम्...बाँकी

व्यंग्य–कविताः नेता

चुनावअघि जनताको खोजी खोजी मात्र होइन, भरिदिन्छन् गोजी जुर्मुराउँदा भाषण, मिठो आश्वासन त्यति मात्र होइन बाँडिदिन्छन रासन चुनावपछि कुर्सीको तानातान कुर्सीकै लागि मुक्का हानाहान जनता नेता कुर्छ, नेता जनता चिन्दैन सिंहदरबार–क्वार्टरबाहेक अन्त कतै हिँड्दैन प्रतिपक्ष भए ढुङ्गामुढा हान्ने चक्क...बाँकी

कथाः दुर्गा ‘होलटाइमर’ भइन्

काँठकी महिला । अझ त्यसमा पनि बुहारी भएपछि त कामको बोझ झनै बढ्ने नै भयो । अझ उनका त अरू दुईवटा परिचय थपिएका थिए– एउटा, समाजले थपिदिएको थियो– ‘दलित’ र अर्को, राज्यले थपिदिएको थियो– ‘आतङ्ककारीकी श्रीमती’ । राज्य र समाजले केवल परिचय मात्र थपिदिएका थिएनन्, परिचयसँगै थपिदिएका थिए दुःख पनि । बिहान सबेरै...बाँकी

लाल पानी–ट्याङ्की

संसद् भवन नाटक भवन हो यहाँ कहिले रामलीला चल्छ यहाँ कहिले रासलीला चल्छ रामलीला र रासलीलाको फ्युजन यहाँ सधैं लक्ष्मी–लीला चल्छ । जब यहाँ रामलीला चल्छ सांसदहरू सेल्फ–अपहरणमा पर्छन् जब यहाँ रासलीला चल्छ सांसदहरू जुहारी खेल्छन् जब यहाँ लक्ष्मी–लीला चल्छ सांसदहरू मध्यरातमा मौनब्रत बस्छन् जस...बाँकी