newskoseli.Com

अदुवाबाट डेढ अर्ब रकम आर्जन

जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन ९४० किलोको एक मन अदुवा उत्पादन भई प्रतिमन रु. एक हजार तीन सय ५०का दरले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु. एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ...बाँकी

भाटभटेनीको १२ औं शाखा चितवनमा

भाटभटेनी सुपरमार्केटको १२ औं शाखा चितवनको भरतपुरमा विस्तार भएको छ । करिब ७५ करोडको लगानीमा विस्तार गरिएको शाखाले शनिबारबाट औपचारिक कारोबार थालेको छ  । शाखा शुभारम्भको अवसरमा विभिन्न सामानमा १० प्रतिशत सम्म छुट प्रदान गरिएको छ । स्टोरमा कपडा, श्रृङगार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु लगायत उप...बाँकी

सानिमा बैंकको नाफा अपेक्षा भन्दा बढी, संचालन मुनाफामा पनि उल्लेख्य सुधार

सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकको अवधिसम्म ६७ करोड ४ लाख खुद मुनाफा गरेको छ। गत बर्षको यस अवधिसंगको तुलनामा बैंकले गरेको यो मुनाफा ५८.४१ प्रतिशतले बढी हो। गत बर्ष यस अवधिमा बैंकले ४२ करोड ३२ लाख खुद मुनाफा गरेको थियो। बैंकको संचालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। गत ...बाँकी

१५ महिनापछि पश्चिमाञ्चल र मेगा बैंकको एकीकृत कारोबार सुरु

मर्जर प्रक्रियामा गएको करिब १५ महिनापछि पश्चिमाञ्चल विकास बैंक र मेगा बैंक लिमिटेडको संयुक्त कारोबार आगामी १३ गतेदेखि हुने भएको छ । मर्जर प्रक्रिया सम्पन्न गर्न करिब १५ महिना लगाएको मेगा बैंक र पश्चिमान्चल विकास बैंकले २०७१ माघ १४ गते मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । गत चैत ३० गत...बाँकी

नविल बैंकले ल्यायो ३ स्मार्ट योजना

नबिल बैंक लिमिटेड एकैपटक तीन योजना संचालनमा ल्याएको छ। बैंकले ल्याएका तीन योजनामा नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र सेेयर खाता सञ्चालन सुविधा रहेका छन । नबिल स्मार्ट बैंक ग्राहकमैत्री एप्लिकेशन भएको र यसबाट नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको बैंकले जनाए...बाँकी

बजेट जनतामुखी हुन्छ– अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले संविधान जारी भएपछिको सरकारको पहिलो बजेट जनतामुखी हुने र पहुँचवालाको प्रभाव नरहने स्पष्ट पारेका छन। मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा आज विराटनगरमा आव २०७३÷७४ को बजेटको पूर्व तयारीको सन्दर्भमा आयोजित सुझाव कार्यक्रममा उहाँले आगामी बजेट लगानीमैत्री हुने बताए । आगामी ...बाँकी

कर नतिर्नेलाई एक ट्याक्टर फोहोर उपहार

वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको छ । वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो । सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी ल...बाँकी

खडेरीले तरकारी बाली सुकेपछि किसान चिन्तामा

लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् । लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय ...बाँकी

विक्री नहुँदा बैंकमै थुप्रियो अरबाैंको सुन

बिक्री नहुँदा बैंकहरुमा सुन थुप्रिएको छ। अवैधानिक रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाउन थालेपछि बैंकको सुन बिक्री नभएको हो। अहिले बैंकहरुमा रहेको तीन सय २२ किलो सुन बिक्री भएको छैन। बैंकहरुमा रहेको सुन बिक्री नभएसम्म उनीहरुले अायात नगर्ने बताएका छन्। सुन अायात गर्ने अन्तिम तयारीमा...बाँकी

तातोपानी नाका सञ्चालन

भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ । करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए । गोदाममा ...बाँकी