२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिक चलाउनै हम्मे परेको छ । खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ता बताउँछन् ।
आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, सागलगायतका तरकारीको भाउ बढेपछ...बाँकी
२ जेष्ठ, २०७३ |
नरेन्द्र कार्की
यस वर्षको यार्सागुम्बा संकलन दार्चुलामा शनिबारबाट शुरु भएको छ । जिल्लाभरीका यार्सागुम्बा पाइने क्षेत्रमा यार्सागुम्बा संकलन शूरु भएको हो ।
यार्सागुम्बा घुसा गाविसको लोलु, रोखापु, सातगंगता, सितोलाको चाइमटेला, खण्डेश्वरीको धरमघर, काटै, गुल्जरको धरमघर, व्यासको नाम्पा क्षेत्र, र राप्लाको दुधीवन क्षेत...बाँकी
३१ बैशाख, २०७३ |
सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ ।
बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियाल...बाँकी
३१ बैशाख, २०७३ |
कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् ।
जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्स...बाँकी
३१ बैशाख, २०७३ |
बढ्दो गर्मीसँगै वीरगन्जमा उखु जुसको व्यवसाय फस्टाउन थालेको छ ।
बढ्दो गर्मीसँगै उखुको जुस खानेको भीड बजारमा बढ्न थालेको छ । उपभोक्ता बढेपछि हाते मेसिनबाट जुस बनाउने साना व्यापारी हर्षित भएका छन् । वीरगन्ज बजारमा विगत १० वर्षदेखि उखु पेलेर जीविकोपार्जन गर्दैआएका राजेशकुमार पटेल जुस बिक्री गरी प्रतिया...बाँकी
२८ बैशाख, २०७३ |
मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक १ लाख बढी आम्दानी गरिरहेका छन् ।
जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट ३ लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४ मा ५ लाखबाट सुरु गरेको फार्ममा अहिले १५ लाख बराबरको लगानी रहेको छ । हाल फार...बाँकी
२८ बैशाख, २०७३ |
कालीगण्डकी नदीको गौरीघाटमा हालै पक्की पुल निर्माण कार्य सुरु भएको छ ।
रामपुर नगरपालिका–९ र स्याङ्जा साँखर गाविस–९ जोड्ने गौरीघाटमा नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा पक्की पुल निर्माण सुरु गरिएको हो ।
जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एन्ड थोकर निर्माण कम्पनीले २०७४ चैत मसान्तसम्म निर्म...बाँकी
२८ बैशाख, २०७३ |
हँसिया, बञ्चरो, भालाजस्ता औजारको धार तिखारे वापत खलो अर्थात् धान, गहू मकै जस्ता अन्न लिएर परिवारिक खर्च चलाउँदै आएका आरन व्यवसायी बजारकेन्द्रित भएका छन् ।
केही वर्ष पहिलासम्म खलो वा अन्नलाई ज्यालाको रुपमा लिने आरन चलाउने मानिस हाल आएर भने गाउँघर छोडेर जिल्ला सदरमुकाम तथा बजारमा ...बाँकी
२७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बाँकेको विकट क्षेत्र राप्ती नदीपारिको बघौडावासीको बिजुली बाल्ने धोको वर्षौंदेखि पुरा हुन सकेको छैन । सरकारी निकायको झन्झटिलो प्रक्रियाले वातावरणीय प्रभाव परीक्षणमा ढिलासुस्ती हुँदा बघौडावासीको दुःख बढ्दै गएको छ ।
गत चैत महिनामा सो क्षेत्रमा विद्युत् लाइन विस्तार भइसक्नुपर्नेमा अहिलेसम्म पोल र ता...बाँकी
२३ बैशाख, २०७३ |
हिमाली भेगमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।
वर्षभरि सुखसँग जीवन निर्वाह गर्ने उद्देश्यका साथ सङ्कलक घरमा तालाचाबी लगाएर लेकतिर लागेका छन् । मनाङसँगै लमजुङ, गोरखा, तनहुँ, कास्की, धादिङ, नुवाकोटलगायत जिल्लाका नागरिक यतिबेला मनाङतर्फ लागेका छन् ।
बर्सेनि जिल्लामा ३०० देखि ४०० किलोसम्म यार्सागु...बाँकी