कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्रै खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।
विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दुरीमा स...बाँकी
संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्र छलफल र बहसै नगराई हठात एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन् । कृषिविज्ञ समेत रहेका नयाँ शक्त...बाँकी
वीरगञ्ज भन्सार भएर ४ अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खाने तेल भारत निर्यात भएको छ ।
यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए ।
आधा दशक...बाँकी
राजधानी काठमाडौंमा दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी फेला परेका छन् ।
काठमाडौं महानगरपालिका– १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए...बाँकी
‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु’– प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै संसदको बैठकमा विपक्षी कांग्रेसका सांसदले आपत्ति जनाए ।
प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसदको रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्...बाँकी
सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदको प्रक्रिया अघि बढएको छ ।
जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भएको करिव दुई महिनापछि रेल विभागले सम्झौता गर्न लागको हो ।
मन्त्रिपरिषदले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद ...बाँकी
सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुने गरी लाभकर नतिर्न एनसेल आजिएटालाई अन्तरिम आदेश जारी गरेको छ ।
ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चक...बाँकी
मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ ।
सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरैभन्दा धेरै खाद्यन्न ...बाँकी
पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ ।
आसाम राज्यस्थित ध्रुवी जिल्लाका स्माइल एसकेले ३ लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद...बाँकी
बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।
प्रहरीका अनुहार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान स...बाँकी