newskoseli.Com

भेनेजुयलाको राजनीतिक संकट : सत्ताधारी नेकपामा दुई धार !

भेनेजुयलाको राजनीतिक संकटलाई लिएर नेपालको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाशित गरेको प्रेस विज्ञप्तिका कारण अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको ...बाँकी

ड्राइभरबिनै जब गाडी गुड्यो… : ५ को मृत्यु, ९ घाइते, ४ को अवस्था गम्भीर

फिक्कल– २, चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे । केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो । चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए । बा १५ च ९४२२ नम्बरको बोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो । दुर्...बाँकी

विद्युत् चुहावट घटाउँदा बढ्यो प्राधिकरणको ७ अर्ब कमाइ

विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ । गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार...बाँकी

३ दिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चि...बाँकी

नेकपा एकता प्रक्रिया : कार्यदलभित्रै चर्को असन्तुष्टि, बिहीबार बैठक बस्दै…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । ‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो ...बाँकी

अमेरिकी राजदूतलाई प्रधानमन्त्रीको जवाफ : तपाईंका राष्ट्रपतिको ‘टङस्लिप’ झैं हाम्रा अध्यक्षको ‘वर्डस्लिप’ !

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्नु नहुने कुरा सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे ‘प्रचण्ड’ को वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍य...बाँकी

यस्ती पनि आमा : परपुरुषसँग ‘बिहे’ गर्न विष ख्वाएर ४ वर्षे छोराको हत्या !

एउटी आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका– ४, सुगरपोखरीकी १९ वर्षिया युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका आफ्नै छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । परपुरुषसँग सम्बन्ध राखेकी केसीले पुस २८ मा छोरा समीरलाई ‘सल्फास’ नामको विषादि खुवाएर हत्या ...बाँकी

इयरफोनको बढी प्रयोग गर्नुहुन्छ ? बहिरो हुनुहोला नि !

विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र...बाँकी

अब बेरोजगारलाई सय दिन रोजगारी, दिन नसके भत्ता !

सरकारले बेरोजगारलाई न्यूनतम रोजगारी दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ फागुनदेखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तया...बाँकी

किन रद्ध भए साढे ३ सय नेपाली नागरिकता ?

जाली कागजात पेस गरी विदेशी नागरिकले लिएका ३ सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्ध गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नाग...बाँकी