newskoseli.Com

यी ठूला उद्योगी, जसले तिरेनन् ५२ करोड !

मोरङका ठूला उद्योगी–व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । उनीहरूबाट करबापतको बक्यौता उठाउन विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई हम्मे परिरहेको छ । उक्त कार्यालयले उद्योगी–व्यवसायीबाट २०७४–७५ मा ५९ करोड ३३ लाख रुपैयाँ कर उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म ७ क...बाँकी

राउटेलाई भेटेनन् प्रधानमन्त्रीले, उपराष्ट्रपतिले दिए ५० हजार

प्रधानमन्त्रीलाई भेटेर दसैंखर्च माग्न ५ दिनअघि राजधानी आएका राउटेलाई प्रधानमन्त्रीले भेट नदिएपछि उनीहरू शनिबार फर्कंदैछन् । सुर्खेतबाट आएका ४ जना राउटेहरू गत वर्ष जसरी नै भेट नपाउँदा निराश भएर फर्कने तयारीमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको राउटेहरूसँगै आएकी राउटे लोप...बाँकी

‘नयाँ नोट’ किन खोजिन्छ दसैंमा ? नयाँ नोटमा छैन हस्ताक्षर र नम्बर !

दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने तिथिमिति भन्न ...बाँकी

अझै पनि छन् गाउँभरि ‘हलिया’ !…

थलारा गाउँपालिका– ६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षका थिए । उनको मृत्यु भएको २ वर्षपछि २१ भदौ, २०६५ मा सरकारले हलिया प्रथा ‘अन्त्य’...बाँकी

‘हप्ता असुली’ को प्रहरी शैली ! यस्तो हुन्छ उपत्यकामा…

‘हप्ता असुली’– गुन्डालाई तह लगाउन प्रहरीले भिराउने एउटा मुख्य आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैं पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा भेटिएका प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध...बाँकी

‘लाइसेन्स ट्रायल’ : सीसीटीभी अगाडि नै घुस, अख्तियारद्वारा कर्‍याप्प !

यातायात कार्यालयले सञ्चालन गर्ने लाइसेन्स ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएका छन् । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकून् भन्ने उद्देश्यले सीसीटीभी जडान गरिएको हो । तर, पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले घुस खाएर ट्रायलमा फ...बाँकी

सोमबारदेखि प्रदर्शनमा राखिँदै शाहवंशीय श्रीपेच

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते) देखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पूरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने– ‘सोमबारदेखि सबैको प्रतीक्षा सकिँ...बाँकी

विमानस्थलको सफ्टवेयर बारम्बार ‘ह्याङ’ ! ‘पीआरएम’ मार्फत ‘इमी’ ले गरेन काम…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएएको खबर छ । सोमबार दिउँसो १ बजे करिव १ घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने ‘इमी’ सफ्टवेयरले काम गरेको थिएन । यात्रु लामो लाइ...बाँकी

पशुपतिको भेटी : वर्षमा १३ करोड… !

पशुपतिनाथलाई पछिल्लो ७ वर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी कोषका उपनिर्देश...बाँकी

शुक्रबारका मूल खबर : ‘पछि हटे वामदेव गौतम’ !

शुक्रबारका अधिकांश पत्रिकाले नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा हुने भनिएको उपनिर्वाचनबाट पछि हटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शीर्षकमा सामाचार प्रकाशित गरेको छ । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं- ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद...बाँकी