सरकारले चैत ११ देखि लकडाउन गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन । थानकोट, फर्पिङ, जगातीलगायतका नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्– ‘लकडाउन घोषणा नाम मात्रको छ, पीसीआर परीक्षण...बाँकी
सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट देखाइएको छ ।
यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा ...बाँकी
उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि...बाँकी
कोभिड– १९ महामारीको हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’ बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौं ।
यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कु...बाँकी
कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी राख्ने भएको छ । व्यास गाउँपालिका– १ मा पर्ने गागा क्षेत्रमा पहिलो पटक नेपालको सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर विष्टले जानकारी दिए ।
भारतले नेपाली भूमि अतिक्रमण ...बाँकी
कोरोनाभाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । लकडाउन खुलेको केही दिनपछि मात्र नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइने भएको छ ।
अनलाइ...बाँकी
दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । सीमावारि सडक निर्माण कहिले सुरु भयो भन्नेबारे व्यासका बासिन्दालाई समेत थाहा छैन । त्रिदेशीय सीमामा अवस्थित व्यासलाई विगतदेखि नै सरकारले चासो नदिँदा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको स...बाँकी
भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकामा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी उनीहरुले गरेका छन् ।
सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल स...बाँकी
कानुनी रूपमा दर्ता नै नभई सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले २ खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ ।
यी व्यवसायको वार्षिक ...बाँकी
कोरोनाभाइरस (कोभिड– १९) का कारण सरकारले गरेको लकडाउनका कारण नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने जनकौतुहलता पूरा हुन सकेन ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले श्रीसदन नागरिकको अवलोकनका लागि खुला गर्ने तयारी ...बाँकी