त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) बारे गहन अध्ययन थालेको छ । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार सङ्क्रमितको समूहले मोरङ, सुनस...बाँकी
सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको ‘कारबाही’ रोकिएको बताएका छन् ।
‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि ’ डाक्टर भएर किन ज...बाँकी
नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरका ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।
बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टि...बाँकी
लकडाउन उल्लङ्घन गरेको अभियोगमा शुक्रबार काठमाडौं उपत्यकामा ३२५ महिलासहित १ हजार ४ सय १४ जनालाई ‘कारबाही’ गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घन्टा ‘सचेतना कक्षा’ सञ्चालन गरिएको थियो ।
महानगरीय प्रहरी कार्यालयका अनुसार ३ सय ८० सवारी साधन नियन्त्रणमा परेका छन् । उल्लङ्घन गर्ने सबैलाई सचेतनासहितको...बाँकी
त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पूरै गाउँ सिल गरेको छ । सो क्षेत्रमा कसैलाई पनि बाहिर आवतजावत गर्न दिइएको छैन ।
भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करिव ६ सय हाराहा...बाँकी
‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्ति (भीआईपी/भीभीआईपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । सीमा सुरक्षामा जनशक्तिको अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको हो ।
मंगलबार बसेको मन...बाँकी
भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायतका सामग्रीको आयात दोब्बर भएको छ । अति आवश्यक सामग्री नियमितरुपमा आयात भइरहेका छन् ।
गतवर्षको यो अवधिमा भन्दा अहिले अति आवश्यकीय वस्तुको आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गतवर्षको यो अवधिमा भन्दा बढी छ । गतवर्ष ...बाँकी
नेपालमा हालसम्म भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आएका व्यक्तिहरु छन् । अझ धेरै त भारतीय नागरिक नै रहेका छन् । नेपाली संक्रमितमध्ये कोही स्थलमार्ग हुँदै भारतबाट आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।
अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहर...बाँकी
राजधानीको कागेश्वरी मनोहरा नगरपालिका– ९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा गरिएको पछिल्लो कोरोनाभाइरस परीक्षणबाट २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोवास गर्ने सबै र अरु ब्लकमा बस्नेहरुमध्ये केहीको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आए...बाँकी
नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ता कोरोनाभाइरसबाट सङ्क्रमित भए–नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो अवस्थाको जानकारी दिन सक्ने छन् ।
नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट *१४१९# डायल गरेर त्यहाँ सोधिए...बाँकी