newskoseli.Com

१२ कक्षाको रिजल्ट केही बेरमा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले केही बेरपछि कक्षा १२ को नतिजा प्रकाशित गर्ने भएको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार १० बजे बोर्डको बैठक सुरू भएको छ । वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण...बाँकी

अदालतको अलमलमै कक्षा ११ को पाठ्यक्रम : अनिवार्य विषय २ कि ३ ?

चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । चालू शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले का...बाँकी

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्र...बाँकी

महामारीबीच कक्षा १२ को परीक्षा : यस्तो छ सरकारको तयारी

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षितरूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकाले परीक्षालाई सङ्क्रमणका हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याइएको हो । गत वैशाखमा हुने गरी त...बाँकी

कक्षा १२ को परीक्षा : जो जहाँ बस्छ, त्यहींबाट दिलाइँदै

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोवास गर्ने ठाउँकै सबैभन्दा नजिक रहेको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तया...बाँकी

दसैंअघि नै कक्षा १२ को परीक्षा !

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीका निम्ति उच्च शिक्षा अध्ययन गर्ने बाटो छिटै नै खुला हुने भएको छ । कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी राष्ट्रिय परीक्षा बोर्डले प्रक्रिया अगाडि बढाउने भएपछि उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीको बाटो खुल्ने भएको हो । विद्यार्थीको शैक्षिक...बाँकी

कक्षा ११ मा नयाँ व्यवस्था : ‘फ्याकल्टी’ छुट्याउनै नपाइने !

अब विद्यालयले कक्षा– ११ मा विद्यार्थी भर्ना गराउँदा सङ्काय (फ्याकल्टी’ का आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकदेखि भर्ना लिन नपाइने भएको हो । यस पटकदेखि विद्यालयले विगतजस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पा...बाँकी

कक्षा ११ मा भर्ना कहिले हुन्छ सुरु ?

कोरोनाभाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर, भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले न...बाँकी

कक्षा १२ को परीक्षा पुरानो तरिकाले नहुने : विधि पुर्‍याएर स्नातक पढ्न बाटो खोल्ने तयारी

गत वैशाखमा स्थगित भइको कक्षा १२ को परीक्षासम्बन्धी अन्योलको निकास छिट्टै खोज्ने तयारी भइरहेको छ । स्थगित परीक्षा कहिले र कसरी हुने भन्नेबारे टुंगो नहुँदा लाखौं विद्यार्थी अन्योलमा परेको तथा विश्वविद्यालयका स्नातक तहका सबै कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब भने छिट्टै टुंगो लगाइने भ...बाँकी

फेरि बढ्याे अन्याेल : भदौदेखि खुल्लान् त शिक्षण संस्था ?

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसक्ने स्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी