newskoseli.Com

‘लकडाउनमा बजार खोल्न दिइँदैन’ : ३ सीडीओको निर्णय

अर्को निर्णय नभएसम्मका लागि लकडाउन कायम रहँदासम्म राजधानीभित्र बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर लकडाउन हुँदै आएको छ...बाँकी

देशभर बदलीसँगै वर्षाको सम्भावना : ‘निसर्ग’ चक्रवातको प्रभाव

चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । ...बाँकी

‘महँगी बढाए बजारमा हस्तक्षेप गर्छौं’ : आपूर्ति मन्त्रीको चेतावनी

बजेट भाषणपछि मूल्यवृद्धि हुन सक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । उनले भने– ‘तीन–चार दिनसम्म उपत्यकालगायतका ठाउँमा ठूलादेखि साना व्यापारिक फर्म र खाद्यान्न उद्योगको गहन तथा सूक्ष्म अध्ययन गर्छौं, कैफियत ...बाँकी

कपडा फुकालेर सत्तारुढ दलकै कार्यकर्ता सरकारको विरोधमा सडकमा !

लकडाउनकै बीचमा कर तिर्न सरकारले ताकेता गरेपछि त्यसको विरोधमा सत्तारुढ दलकै युवा नेता–कार्यकर्ताले शरीरमा लगाएका कपडा फुकालेर वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेकपाको वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा बुधबार साँझ घन्टाघरमा सरकारको विरोधमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा वीरगञ्ज...बाँकी

भिडियो कलबाटै मृत्युदण्डको फैसला !

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक मलेसियन युवकलाई ‘जूम भिडिओ कल’ मार्फत नै सिंगापुरले मृत्युदण्ड सुनाएको छ । यसरी टाढैबाट (‘भर्चुअल’ माध्यमबाट) मृत्युदण्डको सजाय सुनाइएको सिंगापुरमा यो नै पहिलो घटना हो । पुनिथन गेनसान नामका ३७ वर्षीय मलेसियन नागरिकमाथि शुक्रबार यस्तो सजाय सुनाइएको हो । यहाँ...बाँकी

विदेशबाट फर्केनेलाई ‘होल्डिङ सेन्टर’ मा राखिँदै : काे–काे, कहाँ–कहाँ ?

भारतलगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यकाभित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएका छन् । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश– ५ का नागरिकलाई काठमाडौंमा; कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरमा र प्रदेश– १ तथा २ का नागरिकलाई भक्तपुरमा राख्न ‘होल्डिङ...बाँकी

लकडाउनमा जुवा खेलाउने ठूला व्यापारी रंगेहात पक्राउ

लकडाउनको समयमा जुवा खालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार...बाँकी

छुटाइयो १२२ गाडी, अनि बजेटबाट बढाइयो भन्सार

भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन् । लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतोको आशंका गरिएको छ । जेठ १४ सम्म एमजीका १ सय २० र कियाका २ गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लग...बाँकी

‘सबैको निःशुल्क पीसीआर परीक्षण गर’ : सर्वोच्च

क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले द...बाँकी

३ महिना भयावह : १० हजार भेन्टिलेटर स्ट्यान्डबाई नराखिए मृत्युदर अत्यधिक !

नेपालमा आगामी तीन महिनासम्म कोरोनाभाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तिमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने सुझाव स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई दिएका छन् । अहिले देशभरमा १ हजार ५ सय ९५ आईसीयू बेड र ८ सय ४० वटा मात्रै ...बाँकी