newskoseli.Com

एसईईको नतिजा साउनभित्र : मसान्तभित्रै ग्रेडसिट हात पर्ने

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीले साउन मसान्तसम्ममा आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो...बाँकी

खड्ग ओली र टिमलाई गिज्याइरहेको नारा : ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’

प्रधानमन्त्री खड्ग ओलीले दुई वर्षअघि देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न; म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने सपथ गराए । तर, यो सपथ व्यवहारमा भने पटक्कै लागू हुन सकेको देखिँदैन । प्रधानमन्त्री कार्यालयदेखि सबै सरकार...बाँकी

पास लिएरै आए पनि १४ दिन क्वारेन्टाइन : अटेर गरे कारबाही

तपाईं सरकारले तोकेको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौं आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्‍याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा समेत अब तपाईंले १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । उपत्यका बाहिरबाट काठमाडौं आएर कोरोना परीक्...बाँकी

‘नेपालको रुई गाउँ सरकारले किन दियो तिब्बतलाई ?’

रुई गाउँ नेपालको थियो, खोई कसरी हो, चीन प्रशासित तिब्बतको अधीनमा पुग्यो । पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे । उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन् । त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन् । साम्दोका वासिन्दा रुईभन्दा दु...बाँकी

विदेश जानेको ‘आयु’ आधा मात्रै !

नेपालीको औसत आयु ७०.५ वर्ष छ । तर, वैदेशिक रोजगारीमा जाने नेपाली भने त्यसको औसत आधा उमेरमै बित्छन् । यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । वर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो । पछि...बाँकी

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले गरे अख्तियारको दुरुपयोग’

ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले स...बाँकी

फेरि लकडाउन ! तर, फेरिएको मोडालिटीमा…

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १० हजार पुग्नै लाग्दा सरकारले फेरि लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ जना मात्र रहँदा १० चैत, २०७६ को साँझ निर्णय गर्दै सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो । लकडाउन...बाँकी

कुकुर पाल्न अब अनुमति लिनुपर्ने !

राजधानी काठमाडौंमा बसेर घरमा कुकुर पाल्ने रहर गर्नुभएको छ ? कुकुरलाई हातले डोर्‍याउँदै बिहानै दुई–चार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने अब तपाईंले आफ्नो कुकुरलाइृ स्थानीय तहमा दर्ता गराउनु पर्नेछ । साथै, केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या रो...बाँकी

इन्टरनेटमा ठगिनुभएको छ ? स्पिडबारे अब स्पष्ट जानकारी पाउनुहुन्छ

सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविड्थको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के–कति इन्टरनेट प्रयोग भएको हो, त्यसबारे प्रयोगकर्ता आफैंले हेर्न मिल्ने व्यवस्था गर्न प्राधि...बाँकी

झनझन् बढ्दो कोरोना जोखिम : ५५ दिनभित्र संक्रमित ४० हजार पुग्दै !

नेपालमा २ भदौसम्म कोरोनाभाइरसका संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सीमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा ...बाँकी