newskoseli.Com

फेरि २५ प्रतिशतले महँगियाे तरकारी

लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजे...बाँकी

तेह्रथुमको छुर्पी अमेरिकामा ‘मारामार’ बिक्री

तेह्रथुममा उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादन अमेरिकातर्फ निर्यात हुन थालेको छ । दुग्धजन्य उद्योगले उत्पादन गरेका छुर्पी, चकलेट, नौनी, घ्युलगायतका दुग्धजन्य उत्पादन अमेरिकालगायत अन्य मुलुकतर्फ निर्यात हुन थालेको हो । पूर्वका धरान, इटहरी र विराटनगरका व्यापारीमार्फत् यहाँ उत्पादित छुर्पी न...बाँकी

किसानले सहुलियतमा ऋण पाएनन्

सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ । मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउछन् । “पटक पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने । कृषि ऋण...बाँकी

विजय लघुवित्तमा स्थायी कोटामा जागिर खुल्यो

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायकदेखि सहायक शाखा प्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ । केही सहायक शाखा प्रबन्धक, एक जना निरिक्षण अधिकृत, एक ऋण अधिकृत, केही सहजकर्ता सहायक र केही सहायक प्रशिक्षार्थीको लागि कम्पनीले दरखास्त आह्वान गरेको छ । सहायक शाखा प्रबन्धकमा आवे...बाँकी

संसदबाट बजेट पारित हुँदै

सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आज संसद्बाट पारित हुँदैछ । अहिले केहीबेरमा बस्ने संसद बैठकले जेठ १५ गते संसदमा पेश भएको बजेट पास गर्न लागेको हो । संसदले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ । बैठकमा आर्थिक वि...बाँकी

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई...बाँकी

नेपाल इस्योरेन्स प्रमुख कार्यकारी अधिकृत जिम्मेवार पुरा नगरेको आरोपमा निश्कासन

कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ । सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गर...बाँकी

ताल संरक्षण अभिवृद्धिका लागि तालिम संचालन

ताल तथा सिमसार संरक्षण अभिवृद्धिका लागि स्थानिय उपभोक्ता समितिहरूका सदस्यहरूलार्इ राजधानीमा दुइदिने तालिम शुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै  'ताल तथा सिमसार संरक्षण' का अध्यक्ष नानिकाजी थापाले ताल तथा सिमसारका बारेमा प्रकाश पारेका थिए । 'प्राकृतिक वरदानबाट प्राप्त साधनलार्इ उपयोग गरि राष...बाँकी

४ अङ्कले झर्‍यो सेयर बजार

अाइतबार सेयर बजार ४ अङ्कले झरेर १ हजार ७ सय १९ बिन्दुमा पुगेकाे छ । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार अाइतबार बजार खुलेको पहिलो दिनमै ४ अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार अाइतबार १ सय ३७ कम्पनीको १ अर्ब ८५ करोड रूपैयाँ मूल्य बराबरको कारोबार भयो । अाइतबार म...बाँकी

माथिल्लो कर्णालीमा जापानको लगानी

जापानले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा देखाएको छ। राजधानीमा बुधबार भएको नेपाल र जापानका परराष्ट्र अधिकारीको द्विपक्षीय परामर्श बैठकमा जापानी अधिकारीले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा जापानको सम्भावित लगानीबारे चासो राखेका हुन्। नेपालका तर्फबाट बैठक...बाँकी