newskoseli.Com

विदेशी समुद्रमा अब राष्ट्रिय ध्वजावाहक नेपाली पानीजहाज

तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो । नेपाली झन्डासहितको पानीजहाज सञ्चालनपछि आयात–निर्यातमा नेपालको पहिच...बाँकी

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन २ जना तत्पर : के–कसाे हुँदैछ प्रक्रिया ?

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने न...बाँकी

कालापानी कब्जा प्रकरण : भारतले जवाफै दिएन, नेपाल–भारत बैठक अनिश्चित

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा द्विपक्षीय उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन । नेपाली भूमि अतिक्रमणप्रति नेपाल सरकारले विरोध जनाउँदै गतसाता भारतलाई ‘कूटनीतिक नोट’ पठाएर परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संय...बाँकी

नारायणहिटीको लमजुङ कक्ष भाडामा दिइने : यस्तो छ सरकारको तयारी…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई विकास समितिमार्फत भाडामा दिने तयारी गरेको छ । सोमबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ जारी गरेलगत्तै मन्त्रालयले सो तयारी गरेको हो । यसअघि मन्...बाँकी

विप्लवहरुका ‘बडीगार्ड’ नै सुराकी !

‘सशस्त्र गतिविधि’ मा लाग्दानलाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफैं औंल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वाभाविक नै भए पनि आन्दोलनलाई क्षति पुर्‍याउने खालका समस्याहरु आलि बढी नै देखापरेको सो पार्टीले महशुस गरेको छ । पार्टीमाथि ‘प्रतिबन्ध’ पछि आँकलन गरेभन्दा बढी नै आत्मसुर...बाँकी

सुरुङ खन्न चाहिने भो ९ सय टन विस्फोटक पदार्थ

बहुचर्चित आयोजनाका रुपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाइएको छ । आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फेटक पदार्थ आवश्यक परेको हो । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग...बाँकी

चीनले चित्त किन दुखायो नेपालसँग ?

मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धका कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भिसा प्रकरणलगायतका अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि आफ्नो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकट–अप्रकट रुपमा चीनबाट कुरा उठ्न थालेका छन् । अनौपचा...बाँकी

वीर अस्पतालको जग्गा व्यक्तिको नाममा : प्रतिवेदन गुपचुप राखी अर्काे छानबिन समिति

वीर अस्पतालको गुठीका नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ मा तयार पारिएको प्रतिवेदन गुपचुप राखेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेरि अर्को छानविन समिति गठन गरेको छ । तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन ...बाँकी

‘३ तहका सरकार हुँदैनन्, स्थानीय तह सरकार होइन’ : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले स्थानीय तहहरु प्रदेश मातहतका निकाय मात्रै भएको, ‘छुट्टै सरकार’ नभएकाे दाबी गरेका छन् । स्वास्थ्यबाट जिम्मेवारी हेरफेर भएर कानुन मन्त्रालयका आएका मन्त्री यादवले साेमबार कार्यभार सम्हाल्दै स्थानीय तह छुट्टै सरकार नभई प्रदेश सरकार मातहत...बाँकी

सभामुख नहुँदा रोकिए यस्ता काम : अड्कियाे ५ विधेयकको प्रमाणीकरण

समयदेखि प्रतिनिधिसभा सभामुखविहीन हुँदा प्रमाणीकरण गर्नुपर्ने पाँच वटा विधेयक ओझेलमा परेका छन् । विधेयक प्रमाणीकरणको विषयमा सभामुखले उपसाभमुखलाई अधिकार प्रत्योजन गर्न नमिल्ने भएकाले पनि संसदले छिट्टै सभामुख चयन गर्नुपर्ने हुन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महारालाई यौन दुर्व्यवहारको आरोप लागेर रा...बाँकी