newskoseli.Com

सरकारी च्यानलबाटै चर्चको ‘लगानी’ : १६ जिल्लामा ७२ करोड !

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्रीको उत्पादन...बाँकी

‘महात्मा’ गान्धीका हत्यारालाई सांसदले ‘देशभक्त’ भनेपछि हंगामा

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारालाई ‘देशभक्त’ भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीकी विवादास्पद सांसद ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि उनलाई महत्त्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई ठाकुरले ‘देशभक्त’...बाँकी

पिउनयोग्य छैन जारको पानी, न्यूनतम मापदण्ड नै पूरा नगरी बजारमा

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत...बाँकी

प्रदेश सरकारका सबै मन्त्री ‘ऋणमा’ : ३ लाखदेखि ३ करोडसम्म !

प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा देखिएका छन् । गतवर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि भने सार्वजनिक गरेको छ । गत वर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरु ऋणमा रहेको देखाएका छन् । आर्थिक मामिला तथा...बाँकी

‘सिद्धबाबा’ ले गरे बलात्कार ! जाहेरी लिन प्रहरीले किन मानेन ?

बलात्कारजस्तो गम्भीर मुद्दामा जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडि...बाँकी

प्रधानमन्त्री ओलीलाई चढाइयो ‘प्लेटलेट्स’ : के हो ‘प्लेटलेट्स’, किन चढाइयाे ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको हो । प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई ब...बाँकी

उपसभामुखको प्रष्टोक्ति : ‘…नत्र राजीनामा दिन्नँ !’

प्रतिनिधिसभा (संसद) मा रिक्त रहेको सभामुख चयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचन लगत्तै प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपाका नेतृहरुले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने पक्षमा शीर्ष नेताहरूसँग माग गरेका छन् । तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्र...बाँकी

शंकाको घेरामा १८ वटा बैंक !

विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षर समेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ । बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि रकम चोरी गर्ने समूहलाई नै प्रहरीले पक्रा...बाँकी

भारतीय राजपत्रमै पनि लिम्पियाधुरा नेपालको

काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र भारतीय राजपत्रमा नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी ‘अलमोडा गजेट’ मा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने कुरा स्पष्ट उल्लेख छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले का...बाँकी

धरहराकाे पुनर्निर्माण समयमै नसकिने, किन ?

जग्गा प्राप्तिमा भएको ढिलाइका कारण धरहरा निर्माणको काम निर्धारित समयमै सम्पन्न नहुने अवस्था देखिएको छ । निर्माणको जिम्मेवारी पाएको जीआईटीसी रमण जेभी कन्स्क्ट्रक्सनले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि पूर्वयोजनाअनुसार समयमै जग्गा उपलब्ध नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । म...बाँकी