newskoseli.Com

पूर्वएमोलबाट १६, पूर्वमाओवादीबाट ६ संगठनको नेतृत्व : साढे ३ हजारले पाए जिम्मेवारी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएको छ । यो एकीकरणसँगै करिव ३ हजार ५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालय परिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको ह...बाँकी

विकास बजेट मासेर गाडी किन्दै सांसदहरू !

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । बिहीबार सार्वजनिक सूचनामार्फत संसद सचिवालयले ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेक...बाँकी

आँखामा पनि क्यान्सर : यस्ता हुन्छन् लक्षणहरु…

समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आँखारोग विशेषज्ञहरूले आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार ५ वर्षमुनिका बालबालिकामा रेटिनोब्लास्टो हुने गर्दछ । यो करिव १५ देखि २० हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्न सक्छ, जुन वंशाणुगत पनि हुन सक्छ । आँखाक...बाँकी

नेकपाको ‘एकता’, कता–कता !

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई सत्तारूढ नेकपा बनेको वर्ष दिन पुगको छ । नितान्त फरक धारका दुई पार्टीको सिंगो संरचनामा भने अझै एकता भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् तर बाँकी काम भने बढी मतभिन्नताका छन् । त्यसैले पूर्ण एकीकरणका ...बाँकी

सत्ताधारी नेकपामा १४७ सदस्यीय पोलिटब्युरो : को–को समेटिँदै ? (नामावलीसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको बुझिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको ठ्याक्कै वर्ष दिन पुगेकै दिन पोलिटब्युरो सदस्यहरुको नामावली सार्वजनिक गरिने बताइएको छ । को–को समेटिँदैछन् त...बाँकी

लोकसेवा खुल्दै १३ हजारका लागि, कुन–कुन पदमा कतिले पाउँदैछन् अवसर ?

स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारीको भर्ना खुलाउने सम्बन्धी ‘बाधा अड्काउ फुकाउ प्रस्ताव’ मन्त्रिपरिषदमा पुगेको छ । स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन लोकसेवा आयोगले परामर्श सहितको पत्र सरकारसमक्ष पठाएको थियो । लोकसेवाको...बाँकी

प्रचण्ड–पोखरेलबीच ‘घोचपेच’ : सत्ताधारी नेकपामा वैचारिक–कार्यदिशागत विवाद

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै सत्ताधारी नेकपाभित्र विवाद बढेको छ । यसै क्रममा बुधबार सार्वजनिक मञ्चबाटै नेताहरुबीचको विवाद छताछुल्ल भएको छ । शुक्रबार (३ जेठमा) पार्टी एकता दिवस मनाउने तयारीमा रहे...बाँकी

मन्त्री मात्रिकाले समाते कर्मचारीको कठालो, अनि थर्काए– ‘थुन्दिम् ?’

‘समाचार संकलनका क्रममा म मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिकाप्रसाद यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको ...बाँकी

२ सय सरकारी वेबसाइट ह्याक !

सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेकै बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधि विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ, २०१९’ मा बोल्दै नेपाललाई थप स्मार्ट बनाउन अझै के...बाँकी

पशुपति पछाडिको बाटो १३ वर्षपछि बन्द !

सुरूआतदेखि नै विवादित बनेको पशुपति पछाडि जंगलको बीचबाट निर्मित तिलगंगा–ताम्रगंगा सडक सञ्चालमा आएको १३ वर्षपछि बन्द गर्ने गरी पर्खाल लगाउन थालिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले उक्त सडक बन्द गर्ने निर्णय गरेको...बाँकी