newskoseli.Com

नेकपाको ‘केन्द्र’ मा ‘शक्तिशाली’ वामदेव !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकले उपाध्यक्षमा पदस्थापन गरेसँगै वामदेव गौतम ‘शक्तिशाली’ भएका छन् । उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन् । विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेर पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम झन् शक्तिशाली भए...बाँकी

ठेकेदारहरुको लापरबाही : देशभरका ९६ पुल अलपत्र

निर्माण व्यवसायी (ठेकेदारहरु) को चरम लापरबाहीका कारण मुलुकभरका ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् । सडक विभागअन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिव २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरबाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा रहेको पाइएको छ । संघीय संसदको विकास तथा प्रविधि...बाँकी

‘हाई प्रोफाइल’ भ्रष्टाचार मुद्दा : ८ वर्षदेखि पेसी तोक्दै, स्थगित गर्दै !

‘हाई प्रोफाइल’ हरुको भ्रष्टाचारका मुद्दाको सुनुवाईमा सर्वोच्च अदालतले निरन्तर विलम्ब गर्दै आइरहेको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेका भ्रष्टाचारसम्बन्धी मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन, २०६९ मा दर्ता भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको ...बाँकी

‘प्रधानमन्त्री मालिक, हामी नोकरजस्ता’ : मन्त्रीहरुको गुनासो

वर्तमान मन्त्रिपरिषदका सदस्य (मन्त्री) हरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट बनेका छन् । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने– ‘मन्त्रिपरिषदमा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’ उनका अ...बाँकी

लसुनको भाऊ : किलोमै बढ्यो २००, पुग्याे ५५० रूपैयाँ

सरकारले नेपाल–चीन सीमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि काशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो २ सय ५० रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले औसत ५ सय ५० रुपैय...बाँकी

कोरोना सन्त्रास : चीनबाट १८० विद्यार्थी नेपाल फर्काइँदै (भिडियोसहित)

चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् । उनीहरूले आइतबार साँझसम्म ‘नेपाल जान पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फारम भरेका छैनन् । वुहान भ्रमणमा आएका नेपा...बाँकी

कुहिएको चामल झुक्याएर बेच्ने खाद्य कम्पनीको यस्तो तयारी !

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ । कुहिएको चामल पूरै नष्ट गर्न नदिइने खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्र...बाँकी

नेपाली श्रमिकका लागि मलेसिया जोखिमपूर्ण, किन ?

नेपाली युवाका लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भए पनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ । विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्र...बाँकी

उपराष्ट्रपति र गृह मन्त्रालयका सचिवको राजीनामा स्वीकृत : ५ खालि सचिवको पदमा को–को आउँदै ?

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्वय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो । गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रधानमन्त्री त...बाँकी

भारतले किन घटायो नेपाललाई दिने अनुदान ?

भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यस वर्ष घटाएको छ । शनिबार भारत सरकारले आ.व. सन् २०२०–२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आ.व. को भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले...बाँकी