newskoseli.Com

क्वारेन्टाइनमा १९९ बेड तयार, चालकदल र स्वास्थ्यकर्मीलाई तालिम : चीनबाट नेपालीलाई शनिबार ल्याइने

चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र ५ महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो । इपिडिमियोलोजी तथा र...बाँकी

अमेरिकाको धम्की : ‘एमसीसी सच्चिँदैन, लागू नगरे अप्ठ्याराे पर्ला’

नेपालको राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कूटनीतिक मूल्य–मान्यतालाई ध्वस्त पार्ने गरी अमेरिकाले लादेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई परिमार्जन गरेर संसदबाट अनुमोदन गरिन्छ भन्दै सत्ताधारी नेकपाले कसरत गरिरहेकै बेला अमेरिकाले भने त्यसमा कुनै परिमार्जन–परिवर्तन नहुने र त्यो ज...बाँकी

प्रहरीका १६ अधिकृतले गरे ‘बिदाई बहिष्कार’ : ठाकुर ज्ञवाली बने नयाँ आईजीपी (फोटोफिचरसहित)

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो । ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन...बाँकी

मसानघाटको जग्गा पनि प्लटिङ, त्यो पनि किर्ते गरेर !

बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि अकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ ।...बाँकी

कालिमाटीका १५ थरी तरकारीमा खानै नहुने विषादी !

देशकै ठूलो तरकारी बजार कालिमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ । आर्थिक वर्ष ...बाँकी

स्ववियु निर्वाचन एक महिना सर्दै, कहिले हुँदैछ त ?

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा फागुन १४ का लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन झन्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक त...बाँकी

ओली–गौतमबीच डेढ घन्टा छलफल : के–के भए कुराकानी ?

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घन्टा जति छलफल गरेका हुन् । आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्...बाँकी

सरकारले नै बेचिरहेछ बालबालिका, ८ हजार डलरमा !

नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैंले २० वर्षमा २ हजार ६ सय ३३ नेपाली बालबालिकालाई ‘धर्मसन्तान’ का नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना ! सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएवापत ८ हजार डलरका दरले रकम पनि लिने गरेको छ । ...बाँकी

सभामुखले बोल्नै दिएनन्, उनीहरू भने बोलिरहे : संसद बैठकको नयाँ बान्की !

प्रतिनिधिसभाको बैठक तेस्रो पटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापक...बाँकी

निर्मला पन्त हत्या प्रकरण : पुरानैलाई ‘दोषी’ करार गर्ने ‘नयाँ’ प्रतिवेदन !

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको प्रकरणमा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ । डीआईजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआईजी धीरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको हो । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्...बाँकी