newskoseli.Com

वामदेव फेरि घुम्दैफिर्दै संसदमै !

राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म आफू राष्ट्रियसभाको सांसद नबन्ने सर्त राखेका सत्ताधारी नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः यथास्थितिमै राष्ट्रियसभामा जान तयार भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको सिटमा २० फागुनपछि...बाँकी

उपसभामुखको निर्वाचन अन्योलमा : यस्तो छ कारण…

सभामुखको ‘गाँठो फुकाउन’ उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उपसभामुख पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् । संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था रहेका कारण नेकपाले उनलाई रा...बाँकी

बाँस्कोटाका हातमा थिए १ खर्बका यी ७ प्रोजेक्ट

ठूलो भ्रष्टाचार प्रकरण बाहिरिएसँग मन्त्रीपरिषदबाट हट्नु परेका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि आफ्नो स्वार्थअनुसार अघि बढाउन क्रियाशील थिए । १. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया २. करोड...बाँकी

फेरि केही दिन वर्षा हुने

काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘...बाँकी

एमसीसीमा आपत्तिजनक बुँदा, संशोधनविना अनुमोदन असम्भव : खनाल कार्यदलको प्रतिवेदन

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले संसदबाट यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमिल्ने सुझाव एकमतले दिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय उक्त टोलीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्...बाँकी

शेयर बजारमा हालसम्मकै उच्च कारोबार

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीबार २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यसअघि २०७३ साउन ११ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी ...बाँकी

सञ्चारमन्त्रीको राजीनामाअघि धेरै नेताबीच छलफल : क–कसले के–के भने ?

सञ्चार तथा सूचना प्रविवधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बिहान आफ्नै निवासमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भ...बाँकी

विजयले एक्लै कसरी मारे त मुनालाई ? प्रहरीद्वारा नयाँ तथ्य सार्वजनिक

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना डेढ साताअघि सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । गम्भीर प्रश्न छ– कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण...बाँकी

प्याक्टले अनुदान बाँडेको १ करोड १८ लाख हिनामिना

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले अनुदान बाँडेको १ करोड १८ लाख रकम हिनामिना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले शीतभण्डारगृह निर्माणका लागि बाँडेको ४ करोड ६९ लाख पनि हिनामिना भएको...बाँकी

राजधानीको कलेजभित्रै सहपाठीद्वारा छात्रामाथि बलात्कार

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । सोही क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा सुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् । पीडित २९ वर्षीया छात्राले उजुरी दिएलग...बाँकी