२१ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सचिवालयबाटै टुंग्याउने निष्कर्ष निकालेको छ । त्यसैगरी, बहुचर्चित ‘भेनेजुयला प्रकरण’ बारे पनि अध्यक्ष प्रचण्डले यसअघि जारी गरेको विज्ञप्तिकै ‘लाइन’ लाई सचिवालयको बैठकले अनुमोदन गरेको छ ।
एकता प्रक्रिया...बाँकी
१८ माघ, २०७५ |
काठमाडौं,१८ माघ ।
२४ दिनदेखि जारी प्रा.डा. गोविन्द केसीको १६औं आमरण अनसन उनले एकतर्फी रुपमा शुक्रबार अन्त्य गरेका छन् ।
अनसन तोडेसँगै डा. केसीले आफू चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा अनसन ...बाँकी
१८ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनलाई ‘कु’ गर्ने प्रयासमा लागेको अमेरिकाको विरोध गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिबारे शुक्रबार पत्रपत्रिकामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको निजी सचिवालयले जनाए...बाँकी
१७ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टा...बाँकी
१३ माघ, २०७५ |
सिन्धुली, १३ माघ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।
शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउ...बाँकी
७ माघ, २०७५ |
लमजुङ, ७ माघ ।
सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
सोमबार नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले सरकार प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई...बाँकी
६ माघ, २०७५ |
काठमाडौं, ६ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्य...बाँकी
६ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
तीन दिनयता आर्इसीयूमा उपचारत डा. गोविन्द केसी सर्वसाधारणको ठाउँ नओगट्ने भन्दै वार्डमा सरेका छन् ।
वार्डमा सारिएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरशः पूरा नभएसम्म अनसन नतोड्ने बताए । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षबीच विगतमा सहमति भएकोमा प्रधानमन्त्रीले त्यसको कार...बाँकी
५ माघ, २०७५ |
लहान, ५ माघ ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्न सरकार तयार नभए सङ्घर्षका लागि तयार रहन ‘मधेशवासी’ हरुसँग आह्वान गरेका छन् । संविधान संशोधनकै लागि आफू सरकारमा सहभागी भएको दावी उनले गरेका छन् ।
मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा ...बाँकी
२ माघ, २०७५ |
ललितपुर, २ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रका सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिए ।
२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा २०७२ को भूकम्पले क्षतिग्रस्त स्मारकको पुनर्...बाँकी