newskoseli.Com

सन् २०१७ भरिमा भूकम्पका ८ हजार धक्का !

सन् २०१७ मा चिलीमा ८ हजार ९४ पटक भूकम्पका साना–ठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भूगर्भ केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्र...बाँकी

डेंगुको खोपबाट १४ बच्चाको मृत्यु !

फिलिपिन्समा डेंगुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंकासहित अनुसन्धान सुरु गरिएको छ । स्वास्थ्यमा सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । ‘डेङभाछिया’ को विक्रीवितरण गर्न सरकारले गत महिनादेखि नै ...बाँकी

हेलिकप्टर दुर्घटना, राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा हेलिकप्टर दुर्घटना भएको रोयटर्सले जनाएको छ । हिल्डासहित ४ जना सुरक्षाकर्मी र १ जना पाइलट रहेकाे सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी

प्रधानमन्त्रीद्वारा राजीनामा, भन्छन्– ‘मेरो हत्या गर्ने षडयन्त्र चलिरहेछ’ !

आफूलाई ज्यानको जोखिम रहेको भन्दै लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । साउदी अरबबाट टेलिभिजन सम्बोधन गर्दै उनले अप्रत्याशित रूपमा राजीनामा घोषणाका हुन् । उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् । सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीक...बाँकी

राजधानीमै बम विष्फोट हुँदा १४ को मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा ...बाँकी

मतदानकेन्द्रमै भीषण रक्तपात, मताधिकार खोस्दै प्रहरी अधिकारीहरू

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहका क्रममा झडप भएको छ । स्पेनबाट अलग देश बनाउनका लागि आइतबार भएको जनमतसंग्रहका क्रममा ठूलो झडप भएको हो । जनमतसंग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्पेनको संवैधानिक अदालतले उक्त ज...बाँकी

एसिया भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा ११ दिने एसिया भ्रमण तालिका तय गरेका छन् । ह्वाइटहाउसले जनाए अनुसार भ्रमणका क्रममा उनी ५ वटा मुलुकमा पुग्नेछन् र चीन, जापान, दक्षिणकोरिया, भियतनाम, फिलिपिन्सका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भ्रमणका बेला ट्रम्पले त्यस क्षेत्रमा ...बाँकी

आइतबार ८.१ रेक्टरको भूकम्प, १ सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएको छ भने राजधानीमै दर्जनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको स...बाँकी

हवाई आक्रमणमा ३ सय ६ लडाकु मारिए

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ३ सय ६ अतिवादी इस्लामिक लडाकु मारिएका छन् । लडाकुहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ । जेट लडाकु विमानमार्फत् सेप्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो । अक...बाँकी

बाढीबाट ९ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी ९ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी करिव २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थापन तथा नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ । बाढीले करिव २ सय घर बगाएको छ । बाढीका कारण कयौं राष्ट्रिय राजमार्ग र सयौं हेक्टर खेतीयोग्य जमीन समेत नष्ट...बाँकी