newskoseli.Com

फेला पर्‍यो हराएको विमान, ८ को मृत्यु, १ को जीवितै उद्धार

  इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमानमा सवार आठ जना यात्रुको शव भेटिएको छ । सो विमान आइतबार बिहान पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम प्रान्त पपुवातर्फ जाँदै गरेको सो विमान शनिबार ...बाँकी

जातीय हिंसामा मारिए ११ जना

मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । ...बाँकी

पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

  ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हड्डीको दुखाइसम्बन्धी समस्याबाट पीडित रहेका ६६ वर्षे कोलोमलाई शुक्रबार राति पक्राउ गरिएको हो । उनलाई गत फेब्रुअरी...बाँकी

राष्ट्रपतिमाथि ड्रोन आक्रमण… !

  भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरेर शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो । उक्त आक्रमणबाट राष्ट्रपति जोगिएको र आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको सरकारले जनाएको छ ...बाँकी

बेइजिङलाई ह्वाइटहाउसको चेतावनी : ‘ट्रम्पलाई कमजोर नआँक्नु राम्रो होला’

  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका उच्च आर्थिक सल्लाहाकारले 'ट्रम्पलाई कमजोर नआँक्न' चीनलाई चेतावनी दिएका छन् । नयाँ व्यापार कर सम्बन्धकम चीनले अमेरिकालाई दिएको चुनौतीको जवाफ दिँदै ह्वाइटहाउसका सल्लाहकारले शुक्रबार 'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न’ चे...बाँकी

एकैसाथ दुईतिर भूकम्प : ६.१ र ५.१ म्याग्निच्युड…

  इन्डोनेसियाको पूर्वी भागमा अवस्थित मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । र, भूकम्पका कारण सुनामी आउने खतरा नरहेको इन्डोनेसियाको मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । भूकम्पबाट कुनै पनि किसिमको जिउधनको क्षति भएको विवरण हालसम्म प्राप्त नभएको राष्ट्रिय विपद् व्यवस्...बाँकी

प्रधानमन्त्रीको निर्देशन : घरविहीनलाई विषेश व्यवस्था गर…

  मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले घरबारविहीनका लागि थप कल्याणकारी व्यवस्था गर्न निर्देशन दिएका छन् । कल्याणकारी व्यवस्था र कानुनी व्यवस्थामा सुधार गर्न गठन गरिएको कार्यदललाई घरबारविहीनका लागि विषेश व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सरकारी अधिकारीहरूले बुधबार जनाएका ...बाँकी

२३ हजार निकारागुवाली शरणार्थी कोस्टारिकामा : राष्ट्रसङ्घ

  आन्तरिक द्वन्द्वका कारण विस्थापित करिव २३ हजार निकारागुवाली नागरिक शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेको शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगाको शासनविरुद्ध तीन महिनादेखि आन्दोलन चलिरहेको छ । आन्दोलनमा सुरक्षाकर्मी तथा ...बाँकी

उत्तर कोरियाले विकास गर्‍यो ‘अमेरिकासम्म हान्न सक्ने’ नयाँ क्षेप्यास्त्र !

  उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिंचिएका तस्बिरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएक...बाँकी

ईयूले भन्यो : ‘कम्बोडियाको निर्वाचन अविश्वसनीय’

  कम्बोडियामा हालै भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको युरोपेली संघ (ईयू) ले जनाएको छ । ईयूले सोमबार अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको र नागरिकको चाहना समेत प्रकट नभएको जनाएको हो । २९ जुलाईमा (आइतबार) भएको निर्वाचनमा सामान्य प्रक्रिया समेत पूरा नगरिएको ...बाँकी