newskoseli.Com

मङ्गलबारदेखि अमेरिका–चीन व्यापार वार्ता : ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्ने गरी वासिङ्टनमा मङ्गलबारदेखि व्यापार वार्ता सुरु हुने घोषणा ह्वाइट हाउसले गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विनासहमति टुङ्गिएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता ‘अत्यन्त सकारात्मक’ रुपमा अघि बढेको बताउँदै आफू आगाम...बाँकी

अस्ट्रेलियाली संसद र पार्टीहरुको कम्प्युटर ह्याक : चीन र रूसमाथि आशंका

मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको अस्ट्रेलियाले जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा अनुसन्धाताहरुले छानबिन गरिरहेको प्रधानमन्त्री स्कट मोरिसनले सांसदहरु...बाँकी

भेनेजुयली र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

भेनेजुयलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टि गरेका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई वटा बैठक भइसकेको जानकारी उनले शनिबार दिएका हुन् । ‘हामीले दुई वटा बैठक सम्पन्न गरिसकेको साँचो हो तर त्यसका बारेमा मैले सबै विवरण द...बाँकी

लेबनानलाई बेलायतको २० करोड डलर सहयोग

आर्थिक रुपले सङ्कटग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि संयुक्त अधिराज्य (बेलायत) ले २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् । लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचा...बाँकी

राजाकी दिदी (राजकुमारी) को घोषणा : ‘प्रधानमन्त्रीको उम्मेदवार बन्छु’

थाई राजकुमारी उबोलरतनाले मार्चमा हुने आम चुनावमा प्रधानमन्त्री पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी छन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै पनि सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो नै पहिलो घटना हो । थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकु...बाँकी

विद्रोही समूहबीच झडप, कम्तिमा १९ को मृत्यु, ३५ घाइते

उत्तरी सिरियामा दुई विद्रोही समूहबीच परस्परमा भएको झडपका क्रममा कम्तिमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानवअधिकारीवादी संस्थाहरूले जनाएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नु...बाँकी

पर्यटक बसमाथि बम आक्रमण : प्रहरीद्वारा मारिए ४० विद्रोही

शुक्रबार साँझ पर्यटक बसमाथि बम आक्रमण गर्ने शंकास्पद ४० जना विद्रोही इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । बम आक्रमणमा ३ जना भियतनामी पर्यटक र १ जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ । शंकास्पद स्थ...बाँकी

बुहारीको ‘कु’ मा परेका पूर्वराष्ट्रपतिको निधन…

नाइजेरियाका पूर्वराष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले शोक वक्तव्य प्रकाशित गरेर पूर्वराष्ट्रपतिको निधनप्रति गहिरो दुःख र समवेदना व्यक्त गर...बाँकी

डुंगा दुर्घटनामा २२ को मृत्यु, ६० जना डुबेर बेपत्ता

मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु भएको खबर छ । लेक भिक्टोरियामा शनिबार भएको सो दुर्घटनामा अरु ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ । ‘घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गर...बाँकी

२ महिलासहित ३ मुश्लीम पहिलो पटक अमेरिकी संसदमा

अमेरिकी मतदाताहरुले पहिलो पटक २ महिला र १ पुरूष गरी ३ जना मुश्लीमलाई पहिलो पटक संसदमा निर्वाचित गरेका छन् । निर्वाचित तीनै जना डेमोक्य्राट हुन् । निर्वाचितमध्ये एक महिला सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । उनी मिन्नेसोटा प्रदेशबाट विजयी भएकी हुन् । त्यसैगरी, सामाजिक ...बाँकी