२४ कार्तिक, २०७५ |
म्याग्दी, २४ कात्तिक ।
सडक विस्तारका लागि धेरै ठाउँमा बल प्रयोग गरेर संरचना हटाउनु परेको अवस्थामा जलजला गाउँपालिका– ७, मिलनचोकका बासिन्दाले भने आ–आफ्ना घर आफैं भत्काएर सडक फराकिलो बनाएका छन् ।
मिलनचोकदेखि लेकफाँट र शालिजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिव ६० घर आंशिक रूपमा भ...बाँकी
२४ कार्तिक, २०७५ |
पर्वत, २४ कात्तिक ।
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ ।
प्रदेश नं. ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबलकारमा स्थानीयवासीले ३ अर्ब रुपैयाँको शेयर अधिकार पाउन...बाँकी
२३ कार्तिक, २०७५ |
रुकुम (पश्चिम), २३ कात्तिक ।
रुकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका– ३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका– १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।
स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको...बाँकी
२३ कार्तिक, २०७५ |
रोल्पा, २३ कात्तिक ।
सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाए ।
रोल्पा नगरपालिका– १, मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट तिहारको टीका लगाएका हुन् ।
तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ मा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि यसपालि ...बाँकी
२३ कार्तिक, २०७५ |
कञ्चनपुर, २३ कात्तिक ।
तिहारको भाइटीकाकै दिन बेदकोट नगरपापलिका– १०, कञ्चनपुर, रानादैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।
बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्कार्इ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतका सबै अ...बाँकी
२३ कार्तिक, २०७५ |
सर्लाही, २३ कात्तिक ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार (भाइटीकाकै दिन) एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ ।
मलङ्गवा– ९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवास...बाँकी
२२ कार्तिक, २०७५ |
तौलिहवा, २२ कात्तिक ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका– ३, लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मीपूजाका लागि दीपावली गर्दा आगलागी भएको छ ।
आगलागीबाट करिव ४ लाख १५ हजार रूपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ ।
प्रहरी, स्थान...बाँकी
२२ कार्तिक, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
‘कांग्रेसले अहिले ओली सरकारको विरोध गर्नुहुँदैन,’ उनले भनेका छन्– ‘यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ...बाँकी
२० कार्तिक, २०७५ |
रामचन्द्र विश्वकर्मा
नेपाली कांग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ (कान्छाराम) ले चुनाव जित्न नसके तापनि आफूले त्यसबेला बोलेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
रामेछाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका तामाङले जनताको घरमा जाँदा आफूले बोलेका प्रत्येक कुरा अहिले पनि सम्झिरहेको भन्दै ती बाचा पूरा गरेरै छा...बाँकी
१९ कार्तिक, २०७५ |
काठमाडौं, १९ कात्तिक ।
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नंं. ३ ले पार्टीको निर्देशन अनुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।
प्रदेश नं. ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशन अनुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको एकता प्रक्रिया थालिएको जानकारी दिएका छन् । उनका अनुसार रसुवा र सिन्धुलीका स्...बाँकी