newskoseli.Com

भोट बदर कहाँ, कति ? सबैभन्दा कम मनाङमा, सबैभन्दा बढी २ नं. प्रदेशमा…

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ मुलुकभर औसतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ । हिमाली जिल्लाको तुलनामा मध्य तराई–मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको जानकारी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिएका छन् । उनका अनुसार मनाङमा सबैभन्...बाँकी

समानुपातिक अपडेट : साढे २५ लाख गनिसक्दा कसको कति ?

मंगलबार बिहानसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ भने एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ । हालसम्मको परिणाम अनुसार एमालेले ९ लाख ३५ हजार २ मत पाएको छ भने कांग्रेसले ८ लाख ७७ ह...बाँकी

समानुपातिकको मतगणना : झन्डै २१ लाख गनिसक्दा कसको कति ?

सोमबार मध्यरातसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २० लाख ६४ हजार ५ सय ८१ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ, एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ । हालसम्मको परिणाम अनुसार एमालेले ७ लाख ५४ हजार ७ सय २७ मत पाएको छ भने कांग्रेसले ७ लाख ...बाँकी

३ कांग्रेसको यो सकस : आशभन्दा त्रास बढी, कसले मार्ला बाजी ?

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको मतगणना बिट मार्ने बेला हुनै लाग्दा नेपाली राजनीतिका केही ‘हस्ती’ हरुलाई भने सास फेर्नै सकस पर्ने अवस्था आइलागेको छ । यतिबेलासम्मको परिणामअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले २७ हजार ४ सय...बाँकी

हार्ने डर देखेपछि विजय गच्छदारद्वारा ‘पैसा’ को लफडा !

सदाबहादर शासकको उपाधि पाएका कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी– ३ बाट जित्ने सम्भावना कम हुँदै गएपछि मतगणनामा चर्को लफडा भएको छ । गच्छदारको एमाले उम्मेदवार भगवती चौधरीसँग कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी चौधरीले २७ हजार ७ सय १२ मत पाएकी छन् भने विजयकुमार गच्छ...बाँकी

झन्डै १० लाख मत गन्दा समानुपातिकमा कसको कति ?

मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा देभर समानुपातिकतर्फको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेकपा यता पनि (एमाले) ले नै अग्रता लिएको छ । प्रत्यक्षतर...बाँकी

हारिन् राष्ट्रपति भण्डारीकी सम्धिनी, जिते अर्कै भण्डारीले !

राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी एवं नेपाली कांग्रेसकी उम्मेदवार किरण यादव महोत्तरी– २ बाट प्रतिनिधिसभामा पराजित भएकी छन् । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले काङ्ग्रेस नेतृ किरण यादवलार्इ हराइदिएका हुन् । ३० हजार ७ सय २२ मत पाएर भण्डारी विजयी भए । उनका न...बाँकी

विजय र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी मृत्यु

सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मेलम्ची नगरपालिका– ४, पाटीभञ्ज्याङ, सिन्धुपाल्चोकका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजय र्‍यालीमा सहभागी भएर फर्कंदै गरेको समयमा शिवपुरी गाउँपालिका– ३, काउलेमा बि...बाँकी

रामेछाप जिल्ला– लाल किल्ला !

विगतदेखि नै कम्युनिस्टहरुको ‘किल्ला’ का रुपमा परिचित रहँदै आएको रामेछाप जिल्ला प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि ‘लाल किल्ला’ नै सावित भएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई स्थान रहेको रामेछापका तीनै सिटमा वाम गठबन्धन विजय हासिल गरेर वामपन्थीहरूले ‘लाल किल्ला’ को विरासत कायम ...बाँकी

हारे विमलेन्द्र निधि, २९१४ मतान्तरसहित राजेन्द्र महतो विजयी

नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि पराजित भएका छन् । धनुषा– ३ बाट प्रतिनिधिसभा सदस्यमा २९१४ मतान्तरसहित राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव समेत उम्मेदवार रहेको यस क्षेत्रमा उनी भने प्रतिस्पर्धामै आएनन् । राजपा अध्य...बाँकी