चट्टानसहितको पहिरोले गतवर्ष बडिगाड खोला थुनिएर ताल बन्यो । ढोरपाटन– २ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो । उनले अढाई महिनाजति ताल फुटाएर निकास दिन प्रयास गरे। केही उपाय लागेन ।
बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ‘जनप्रतिनिधि’ भने ताललाई पर्यटकीय गन्तव्य बनाउनतिर लागे । हिउ...बाँकी
भारत सरकारद्वारा उत्तरी राज्य जम्मु–कश्मिरलाई दिइएको ‘विशेष राज्य’ को मान्यता खारेज गरी सो क्षेत्रलाई दुई अलग राज्यमा टुक्र्याउने निर्णय त्यहाँको सरकारले गरेको छ । टुक्रिएपछि बन्ने जम्मु–कश्मिर र लद्दाख राज्यहरु पनि दिल्ली, पोन्डिचरीजस्ता केन्द्रशासित राज्यसरह हुनेछन् ।
भारतशासित जम्मु–कश्मिरमा र...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ ।
भोगाधिकार पाएको पासाङल्हामु पर्वातारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा न...बाँकी
बुद्ध एयरको एटीआर विमान नेपालगञ्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तर–पश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो ।
जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला मच्चियो ।
...बाँकी
सरकारले आठौं पटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दै काम पूरा नगरेका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ । निर्माण व्यवसायी (ठेकेदारहरु) ले भने आफ्नो अनुरोध अनुसार नियमावली संसोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।
आठौं संशोधनले जेठ २३ गतेअघि सम्झौता भएका तर काम नसकि...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खालि भएको क्षेत्र कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।
केही दिनअघि बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरे पनि गौतमले भने अहिले आफू चुनाव लड्न...बाँकी
भंगहा नगरपालिका, महोत्तरीकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको तथ्य गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।
पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान...बाँकी
डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय परेकै बेला भारतबाट स्किम मिल्क पाउडर (एसएमपी) को आयात समेत बन्द हुँदा उद्योगमा दूधको अभाव भएको हो ।
दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतीस्थित अनमोल डेरी बन्...बाँकी
देशकै सबैभन्दा ठूलो र सरकार समेत हाँकिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई ‘चलायमान’ बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा सरकार सञ्चालनमा समेत त्यसको असर परेको नेताहरुको गुनासो छ ।
पार्टी चलायमान हुन नसक्दा सरकारले गरेका राम्रा कार्य समे...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत सरकारले दिएको छ । सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई पार्टीभित्र ‘कारबाही’ समेत गरेको छ ।
यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन बल प्र...बाँकी