प्रेसजगतले आफूलाई ‘खेदो खनेको’ विश्लेषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्– ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिँडिरहेको तस्बिरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि पछिल्लो पटक प्र...बाँकी
भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो ।
आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् । आइतबार साँझसम्म पानीको बहाव २ लाख १९ हजार ३ सय ९५ क्युसेकमा झरेको त्यहाँ कार्यरत प्रहरी...बाँकी
भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानविन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास वर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ ।
उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोबीखोला, मनोहरा, गोदावरीलगायतका नदी तथा खोलाको प्राकृतिक बहाव नै छेक...बाँकी
खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठासहित अरु दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिबार राति भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भए पनि नेपालमा उ...बाँकी
बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरिएसँगै उपभोक्तामाथि शुल्कको भार बढ्ने भएको छ ।
यसअघि इन्टरनेट टीएससीसम्ब...बाँकी
आफैंले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले तीनथरी छुट्टाछुट्टै संयन्त्र परिचालन गरी ‘वार्ताको तयारी’ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’...बाँकी
बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार अझै २५ जना बेपत्ता छन् ।
ललितपुर, रौतहट र भोजपुरमा ५–५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४–४, काठमाडौं, खोटाङ र काभ्रेमा ३–३, झापा, उदयपुर, पर्सा, बारा, महोत्त...बाँकी
भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी वस्तीमा पसेपछि करिव तीन सय घरपरिवार विस्थापित भएका छन् ।
कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर ने...बाँकी
नदी अतिक्रमण र अव्यवस्थित बसोवासका कारण राजधानी उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौं, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।
गतवर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले एक अर्ब रुपैयाँ क्षति पुगेको थियो । शुक्रबारदेखि ज...बाँकी
तीन दिन भयो, इटहरी– ४ स्थित गैरीगाउँका वासिन्दाले आँखा झिमिक्क गर्न नपाएको । निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाको बाढीले बगाउने हो कि भनेर तीन सयभन्दा बढी घरपरिवारका नागरिकले राम्ररी गाँस हाल्न समेत सकेका छैनन् ।
दिनभरि बाढीको ‘रमिता’ हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र...बाँकी