newskoseli.Com

मृतकलाई अस्पतालको शवगृहबाट निकालेर झारफुक !

कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए– मोरङ जहदा गाउँपालिका– ४ का ६५ वर्षीय उदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय ली...बाँकी

भीषण हावाहुरीबारे मौसमविदहरु नै अन्जानमा !

बारा र पर्साम आइतबार राति आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविदहरु नै अन्जान देखिएका छन् । ठूलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अन्योल र अलमलमा परेका हुन् । ‘हावाहुरी कस्तो प्रकृतिको थियो र यसलाई के नाम दिने भन्नेमा हामी अन्योलमा...बाँकी

पुष्पलालको जन्मस्थल रामेछापमा मनाइँदै नेकपाको स्थापना दिवस

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापको भंगेरीमा स्थापना दिवस मनाउने निर्णय गरेको छ । सो पार्टीको ३ नम्बर प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा भंगेरीमा कार्यक्रम आ...बाँकी

‘बाहिरी चक्रपथ’ को नक्सा बदल्ने तयारी : कारण– आर्थिक स्रोतले थेग्न नसक्ने

‘बाहिरी चक्रपथ’ को विद्यमान नक्सा फेरबदल गर्ने तयारी सरकारले गरेको छ । ‘आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने’ जानकारी सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले दिए । संसद्को विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भने– ‘विग...बाँकी

८ वर्षमा वितरण भए साढे ५७ लाख ‘एमआरपी’

८ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार ९ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्...बाँकी

खानेपानी मन्त्रीको भ्रमण मन्त्रिपरिषदबाट अस्वीकृत

खानेपानी मन्त्री विना मगरको विदेश भ्रमण मन्त्रिपरिषदको बैठकले अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी गरिए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो । मगरसँगै मन्त्रालयका सहसच...बाँकी

कान्ति बाल अस्पताल बन्द हुने हालतमा

स्वास्थ्यकर्मी र बजेटको अभावका कारण देशकै एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । ३ सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो १ महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आईसीयू ६, इन्टरमिडियट (आईसीयूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्...बाँकी

जुम्ल्याहा बच्चाका बेग्लाबेग्लै बाउ ?

चीनकी एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर, एकैसाथ एउटै कोखबाट जन्मिएका दुई बच्चाका बाउ भने फरक–फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा ती बच्चाका बाउ फरक–फरक भएको पत्ता लागेको हो । परीक्षणबाट यस्तो खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्ना बच्चाको दर्ताका ला...बाँकी

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च !

भागेश्वर गाउँपालिका– १ का स्थानीयले ८० रुपैयाँ विद्युतको बिल तिर्न २ हजार रूपैयाँ खर्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमटाले बिजुलीको ८० रुपैयाँ महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा–जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् । भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत् प्राधिकरणको महसु...बाँकी

विप्लव नेकपाका सैन्य इन्चार्जसहित १० नेता पक्राउ, पश्चिम नेपालमा ठूलो धक्का

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएसँगै प्रदेश– ५ मा प्रहरीले सो पार्टीका गतिविधि ‘रोक्न’ सक्रियता बढाएको छ । प्रदेश– ६ का का सबै १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियत बढेसँगै विप्लव नेतृत्वको न...बाँकी