१७ चैत्र, २०७५ |
वीरगञ्ज, १७ चैत ।
नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ ।
दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार ‘सचेत नागरिक, वीरगञ्ज’ को अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरी–चेलीलाई पढाएर डाक्टर...बाँकी
१६ चैत्र, २०७५ |
काठमाडौं, १६ चैत ।
पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन ।
गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीका कुनै जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा भएको ढिलाइ...बाँकी
१६ चैत्र, २०७५ |
नेपालगञ्ज, १६ चैत ।
त्रिभुवन चोकदेखि उत्तर–पश्चिममा एकाबिहानै साइकलहरुको चाङ लाग्छ । सबै साइकलमा दूधका थरीथरीका भाँडा हुन्छन् । किन्नेहरु घरबाटै भाँडो बोकेर आउँछन् ।
मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी– ३, बञ्जारेगाउँका बाशा बर्माले भने– ‘३० देखि ६० रुपैयाँसम्मको दूध बेच्छु ।’ एउटै व्यक्तिसँग दोब्ब...बाँकी
१६ चैत्र, २०७५ |
नेपालगञ्ज, १६ चैत ।
नेपालगञ्ज उपमहानगरपालिका– ५, डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ ।
वडा प्रहरी कार्यालय र प्रदेश– ५ प्रहरीको अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान...बाँकी
१६ चैत्र, २०७५ |
वीरगञ्ज, १६ चैत ।
चिकित्सक पतिको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका– २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचित...बाँकी
१६ चैत्र, २०७५ |
काठमाडौं, १६ चैत ।
ककनी गाउँपालिका वडा नं. ८, नुवाकोटकी ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक घोषणा गर्न राष्ट्रिय ज्येष्ठ नागरिक कोषले सरकारलाई आग्रह गरेको छ ।
कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणा गर्न सरकारल...बाँकी
१६ चैत्र, २०७५ |
ललितपुर, १६ चैत ।
०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए ।
ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन् शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनामा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे ।
खड्गीको परिवार बेरोजगार थियो ।...बाँकी
१५ चैत्र, २०७५ |
काठमाडौं, १५ चैत ।
दक्षिणी छिमेकी राष्ट्र भारत आम चुनावको चटारोमा छ । यसै सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचन सफलताको कामना गर्दै उताका समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा प्रधानमन्त्री ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई...बाँकी
१५ चैत्र, २०७५ |
काठमाडौं, १५ चैत ।
ब्रुमर (यान्त्रिक कुचो) ले काठमाडौंका सडकबाट एकै रातमा १८ टन धु्लो संकलन गरेको छ ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएका ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गर्न नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुमरले त्यति धुलो संकलन गरेको हो । १० करोड ८० लाख रुपैयाँमा महानगरले फा...बाँकी
१५ चैत्र, २०७५ |
काठमाडौं, १५ चैत ।
कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ ।
अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग समेत लाखौं उठाएका हुन् ।
ओ...बाँकी