newskoseli.Com

प्रधान न्यायाधीशमा चोलेन्द्रशमशेर सर्वसम्मत अनुमोदित

प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले राणालाई सर्वसम्मतिले स्वीकृत गरेको हो । राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेस गरेको हुँदा प्रधान न्यायाधीशका लागि उनलाई स्वीकृत ...बाँकी

मुख्यमन्त्री पोखरेलले १० कक्षामा पसेर के पढाए ९० मिनेट ?

बिहानको १० बजेको थियो । अन्य दिनजस्तै सोमबार पनि तुलसीपुर उपमहानगरपालिका– ७ स्थित मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । ठीक त्यसैबेला प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतका अतिथि ग्वारग्वार्ती छि...बाँकी

यी हुन् सन् २०१८ का विश्वचर्चित मुख्य घटनाहरू

सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी चर्चामा रहे । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भए । यस वर्षका केही मु...बाँकी

उपत्यकाका प्रजिअसँग गृहले गर्‍यो ‘कार्यसम्पादन सम्झौता’

गृह मन्त्रालयले काठमाडौं उपत्यकाअन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुसँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ । गृहसचिव प्रेमकुमार राईसँग काठमाडौंका प्रजिअ रामप्रसाद आचार्य, ललितपुरका प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले गृह मन्त्रालयमा सम्झौता गरेका हुन...बाँकी

नेकपा स्थायी समिति : एकता टुंग्याउन फेरि कार्यदल, प्रतिवेदन परिमार्जनसहित पारित

तीव्र बहस, विवाद र आलोचासहित १४ दिनसम्म चलेको सत्ताधारी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ । बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता सहित पारित गर्दै पार्टी एकताका बाँकी काम पुसभित्रै टुंग्याउने गरी सुझावसहितको प्रतिवेदन पेस गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकम...बाँकी

‘विप्लव भेटिएनन्, राउत खोजिएनन्’ : के भन्छन् विप्लव ? (भिडियोसहित)

देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ वटासँग वार्ता गरेको छ । तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक–पट...बाँकी

नेकपा स्थायी समिति : के–के बोले अध्यक्ष ओलीले ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्यायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बिहीबार आफ्नो धारणा राख्दै राजनीतिक प्रतिवेदन र विभिन्न विषयमा अरु नेताहरुले उठाएका सवाल र विज्ञासाको जवाफ दिए । बैठकमा बोल्दै अध्यक्ष ओलीले एकता प्रक्रियाका क्रममा टुंगिन बाँकी साङ्गठनिक कामहरुलाई पु...बाँकी

तत्काल यसरी टुंगिँदैछ सांठनिक एकता : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया पूरा हुने भएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकलगत्तै साङ्ग...बाँकी

नेकपा स्थायी समिति : झलनाथ, माधव, विष्णु, बादल र गिरिराजले बोले, के–के भने ?

गत शनिबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा नेताहरुले धारणा राख्ने क्रम शनिबार पनि जारी रह्यो । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकका क्रममा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि हालसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखिसकेका छन् । शनिबा...बाँकी

इच्छुक शिक्षालयको बस दुर्घटना : १६ को मृत्यु, ११ घाइते

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर– ३, राम्रीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ र घाइतेहरुलाई उ...बाँकी