newskoseli.Com

६ मुख्यमन्त्रीको भेला ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

६ वटा प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला ८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संयोजनमा भएको भेला अन्तरप्रदेश समन्वय परिषदको आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो । भेलामा शिक्षा, स्वा...बाँकी

राष्ट्रसेवकलाई प्रधानमन्त्रीको आह्वान : घरदैलोमै पुगेर नागरिकलाई सेवा दिनोस् !

१५औं निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कार्इसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिव...बाँकी

वैद्यले बोले विद्रोह : ‘संसदीय समाजवाद मानिँदैन !’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी तथा नेपाली जनताका लागि ‘संसदीय समाजवाद’ अस्वीकार्य रहेको बताएका छन् । ‘हिजो कांग्रेसले संसदीय समाजवादको वकालत गर्दै राजाकहाँ सत्ता बुझायो, देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि संसदवादीहरु बाध्य भएर हामीसँग एकता गर्न आए र म...बाँकी

एकाएक फैलियो नयाँ राजनीतिक तरंग : प्रचण्डले किन आधा छोट्याए ५ दिने भारत भ्रमण ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न ५ दिने भारत भ्रमणको अवधि आधा छोट्याइएको उनको निजी सचिवालयले जनाएको छ । बिहीबार (२१ भदौ) देखि २६ भदौसम्मका लागि पूर्वनिर्धारित भारत भ्रमण आधा छोट्याएर उनी २३ भदौमै स्वदेश फर्कने भएका छन् । २४ र २५ भदौमा नेकपाको स...बाँकी

संसदमा क–कसले के–के बोले ? ‘स्वतन्त्र पत्रकारितामाथि अङ्कुश नलगाइयोस् !’

  विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा प्रतिनिधिसभाको सदनमार्फत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले बाढी–पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँच जनाको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब...बाँकी

मन्त्री महासेठले भने– ठेकेदार कम्पनीमाथि कारबाही गर्छौं

पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री महासेठले उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले छानविन आयोग ग...बाँकी

गृहमन्त्रीले गरे वार्ताटोलीसँग छलफल, सबै पक्षलाई मूल प्रवाहमा ल्याउन निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्र...बाँकी

१८ बुँदे ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै चौथो बिम्स्टेक बैठक सम्पन्न

  ‘१८बुँदे काठमाडौं घोषणापत्र’ जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर बैठक शुक्रबार राजधानीमा सम्पन्न भएको छ । बैठकले यस क्षेत्रबाट गरिबी घटाउने तथा लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धत...बाँकी

सातै देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख शितलनिवासमा : राष्ट्रपति भण्डारीले दिइन् दिवाभोज

  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका ‘विशिष्ट पाहुनाहरु’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि उनीहरु बिहीबार दिउँसो शीतलनिवासस्थित राष...बाँकी

विप्लवकी नेतृ उमा धुलिखेलमा बन्दी, अरु को–को कहाँ–कहाँ ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई प्रहरीले पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय, धुलिखेलको हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौं महानगरपालिका– १६, बालाजुबाट मङ्गलबार पक्राउ परेकी भ...बाँकी