newskoseli.Com

नेकपाको सचिवालय बैठक निष्कर्षहीन : मिलेन पार्टीभित्रको विवाद, के–के भए छलफल ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठक पार्टीभित्र उत्पन्न विवादको समाधान नगरी निष्कर्षविहीन नै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक २४ गते (बुधबार) बिहान ८ बजे फेरि बस्ने गरी सकिएको जानकारी नेता वामदेव गौतमले दिएका छन् । सोमबारको बैठकले पार्टीमा देख...बाँकी

नेविसङ्घमा ३२ वर्षे उमेर हद ! अरु के–के निर्णय गर्‍यो कांग्रेसले ?

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यव...बाँकी

निर्मला हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या–प्रकरणको छानबिन गर्न गठित समितिले गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै ३७ पेज लामो प्रतिवेदनले थप अनुसन्धान गर्...बाँकी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै : के–के हुँदैछन् छलफल ?

नेपाल विद्यार्थी सङ्घको महाधिवेशनबारे छलफल गर्न र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायतका विषयमा निर्णय गर्न आइतबार राजधानीमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, मूल्यवृद्धि र समसामयिक राजनीतिलगा...बाँकी

प्रचण्डको प्रष्टोक्ति : एकता उल्ट्याउने षड्यन्त्र भयो; सरकारले ‘गियर’ बदल्दै ‘पिकअप’ लिन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको दावी गरेका छन् । कसले, कहाँबाट र कसरी एकता उल्ट्याउन षड्यन्त्र र प्रयास गर्‍यो भन्नेबारे चाहिँ उनले केही बताएनन् । तर, त्यस्ता तत्त्वहरुलाई परास्त गर्ने ...बाँकी

‘रुख काटेर ऐस–आराम गर्न गोदावरीमा राजधानी’ : देउवाको आरोप– ओली सरकार नालायक !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई ‘नालायक सरकार’ को संज्ञा दिएका छन् । बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई अझैसम्म पनि पक्राउ गर्न नसकेको भन्दै सभापति देउवाले सरकारको चर्को आलोचना गरे । ...बाँकी

ओली–प्रचण्डबीच छलफल : नेकपाले बोलायो सचिवालय बैठक

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बिहान करिव २ घन्टासम्म चलेको छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबारका लागि बोलाइएको छ । पार्टी एकताका बाँकी काम, केन्द्रीय तहदेखि क्रमशः तन्कँदै गएको विवाद तथा सरकार सञ्चालनका बारेमा सत्तारुढ नेपा...बाँकी

माधव नेपालको ‘तारो’ बनेका शंकर पोखरेलले सार्वजनिक गरे ‘एकता अभियान’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले केही अघि निर्णय गरेको प्रदेश कमिटीका पदाधिकारीहरुबारे सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको ‘तारो’ बनेका एक नवनियुक्त प्रदेश इन्चार्ज एवं ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेश तथा मातहत जिल्ला तसम्म ‘पार्टी एकता अभियान’ सा...बाँकी

‘गोप्य अनुसन्धान’ मा अख्तियार, भन्छ : भ्रष्टाचारीलाई छाडिन्न, आयोजनाका काम रोकिन्न…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधि...बाँकी

निर्मलाका हत्यारामाथि एक साताभित्रै कारबाही गर्छौं : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई एक साताभित्रै कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्वव...बाँकी