newskoseli.Com

अमेरिकी राष्ट्रपति ओबामाले सेप्टेम्बर ११ को स्मरण गरे, शहादत प्राप्त गर्ने अमेरिकीप्रति सम्मान व्यक्त गर्ने

 अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००१ मा अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा आतङ्कवादी समूह अलकायदाले एक पछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको दिनको स्मरण गर्दै घटनामा शहादत प्राप्त गर्ने सम्पूर्ण नागरिकको आत्माको शान्तिका लागि प्रार्थना गरे...बाँकी

बग्दादको १ व्यापारिक महलमा विष्फोट, १६ जनाको मृत्यु

बग्दादको व्यस्त व्यापारिक महलमा शुक्रबार भएका दुई विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १६ पुगेको छ । “पछिल्लो सूचनाअनुसार पूर्वी बग्दादको नखिल महलमा विष्फोटका कारण १६ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका, इराकी प्रहरी स्रोतबाट थाहा भएको छ । शुक्रबार मध्यरातमा केही मिनेटको अन्तरालमा भएका विष्...बाँकी

उत्तरी पेरुमा ६.० म्याग्निच्युडको भूकम्प

पेरुको उत्तरी क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पेरुको उत्तरी सहर मोयोवाम्वाबाट ५० किलोमिटर टाढा रहेको जङ्गली क्षेत्रमा रहेको बताइएको छ । जमिनबाट करिब ११४ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पबाट कुनै मानवीय क्षति भए...बाँकी

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौँ आणविक परीक्षणको विश्वका नेताद्वारा निन्दा भएको छ । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ...बाँकी

मध्य सिरियामा १ लाख मानिस विस्थापितः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले सिरियाको मध्यक्षेत्रमा सरकार तथा विद्रोही बीच भएको द्वन्द्वका कारण अगष्टको अन्त्यदेखि सेप्टेम्बरसम्म एक हप्ताको समयमा करिव एक लाख मानिस विस्थापित भएका बताइएको छ । ओसिएचएको शिविर व्यवस्थापन समूहका अनुसार हामा प्रान्तमा भएको युद्धका क...बाँकी

इराकको बग्दादमा बम आक्रमणमा पाँचको मृत्यु

इराकको राजधानी बग्दादको छिमेकमा पर्ने व्यापारिक क्षेत्र कर्रादामा मङ्गलबार भएको एक कारबम विस्फोटमा परी पाँचभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । प्रायःव्यस्त भइरहने यस इलाकालाई लक्ष्यगरी गरिएको उक्त बम विस्फोटमा परी अन्य १९ जना घाइते भएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो प्रतिवेदनअन...बाँकी

युक्रेनी राष्ट्रपतिद्वारा नेटोमा आफ्नो सदस्यता ‘सामरिक लक्ष्य’ भएको भनाई

युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले मङ्गलबार नेटोमा युक्रेनको सदस्यता एउटा ‘सामरिक लक्ष्य’ भएको बताउँदै यसमा पश्चिमा मुलुकले शङ्का नगर्न आग्रह गरेका छन् । युरोप तथा केही अन्य पश्चिमा मुलुकले पूर्वसोभियत राज्य युक्रेनलाई सदस्यता दिन आनाकानी गरिरहेका बेला पोरोसेन्कोको यो भनाई आएको हो । ...बाँकी

सिरियामा भएको विस्फोटमा तीसको मृत्यु

सिरियाको तटिय प्रान्त तार्तुसलगायत अन्य प्रान्तमा भएको दुई वटा बम विस्फोटमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ४५ जना घाइते भएका राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । सरकारी नियन्त्रणमा रहेको तार्तुसलगायत होम्स र हसाकेहका सो आक्रमणमा भएको छ । र...बाँकी

जन्मोत्सव मनाउने अनौठो प्रचलन

कन्या राशि भएका दुईसय जना ब्यक्तिले नान्जिङ्गको नगर किल्लामाथि जम्मा भइ आ-आफ्नो जन्मोत्सब समारोह भब्य र अनौठोरुपमा मनाएका छन् । नान्जिङ्गका ऐतिहासिक मिङ बङशीय बादशाहद्वारा निर्मित विशाल नगर किल्ला (पर्खाल) निर्माण गरिएको आज छ सय पचास वर्ष पूरा भएको दिन पारी अगस्ट २२ देखि सेप्टेम्बर २२ सम्म जन्मदिन ...बाँकी

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा ३५ को मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् । जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाएको...बाँकी