इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन ।
एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र भागाभाग भएको बताइएको छ...बाँकी
टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेका छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा सो व...बाँकी
आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ ।
उनीहरूले आईएसका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आ...बाँकी
यमनको हुठी विद्रोही समूहले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सोमबार गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।
हवाई आक्रमणमा अस्पतालमा उपचारारत ११ जनाको मृत्यु भएको थियो । हुठी विद्रोही समूहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तमिम अल शामीले भने—"द्वन्द्व प्रभावित इलाकामा ‘डक्टर्स विदाउट बोर्डर्सले ...बाँकी
अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लागेका हुन् ।
उनले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लागेका हुन् । दक्षिण कोरियाका ...बाँकी
अमेरिकी प्रख्यात पप गायिक म्याडोनाले आफ्नो ५८ वर्षको जन्मदिन मनाउन अचानक क्युबा पुगेकी छिन् ।
दुइदिने भ्रमणका क्रममा त्यहाँ पुगेकी म्याडोनासँग आफ्ना छोराछोरी अन्य केही परिवारका सदस्यका साथै मित्रजनहरु रहेका छन् ।
निजी विमानबाट क्युबातर्फ लागेकी म्याडोना स्थानीय समयाअनुसार सोमबार साँझ ...बाँकी
उत्तरी थाइल्यान्डमा एक हेलिकप्टर दुर्घटनामा थाइ सैनिक कमान्डरसहित पाँच जना सैन्य कर्मचारीकोे मृत्यु भएको थाइल्यान्डको सेनाले सोमबार पुष्टि गरेको छ ।
उक्त हेलिकोप्टर आइतबारदेखि खराब मौसमका कारण विमानस्थलबाट सम्पर्क बाहिर गएको थियो । यूएच–७२ नामको हेलिकप्टर थाइल्यान्डको उत्तरी क्षेत्रको पा...बाँकी
यस वर्ष आफ्नो ९०औं जन्मोत्सव मनाइरहेका क्युबाली शीर्ष नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्म दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने सबै क्युबाली नागरिकप्रति आभार प्रकट गरेका छन् । उनले सो पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको फेरि आलोचना गरेका छन् ।
क्युबाको...बाँकी
फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण ५ व्यक्तिको मृत्यु भएको छ । बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन् ।
नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनी...बाँकी
मस्को (रसिया), २९ साउन । रसियाली राष्ट्रपति भ्यालदिमिर पुटिनद्वारा शनिबार क्युवाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई उहाँको ९०औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।
रसियाली प्रशासन केन्द्र क्रेमलिनको वेभसाइटमा पोस्ट गरेको छोटो टेलिग्राम सन्देशमा रसियाली राष्ट्रपति ...बाँकी