newskoseli.Com

युरोपेली संघबाट अलग्गियो ब्रिटेन

ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । युरोपेली संघमा २८ युरोपेली दे...बाँकी

अफगानिस्तानमा ५० तालिवानद्वारा आत्मसमर्पण

अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् । उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियार समेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ । अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकूहरूले आत्मसम...बाँकी

विवाहका लागि दुलाहाको अभाव, ७० प्रतिशत युवती अविवाहित

सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ । गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल म...बाँकी

अमेरिकी सांसदहरु संसदभित्रै धर्नामा

अमेरिकी संसदको तल्लो सदनमा करिब सयजना सांसद धर्नामा बसेका छन् । सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका हुन् । समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर उनीहरु धर्नामा बसेका हुन् । बन्दुक खरिदकर्ताको व्यक्तिगत पृष्ठभूमि छानविन गर्...बाँकी

के भन्छिन् महाभियोग खेपिरहेकी ब्राजिली राष्ट्रपति डिल्मा रुसेफ ? (उनको भाषण)

म तपाईंहरु र ब्राजिलका समग्र जनतालाई यो कुरा भन्न चाहन्छु कि सिनेटले ममाथि महाअभियोगको प्रक्रिया सुरु गरेर आदेश दिएको छ । यसो भएपछि मलाई अधिकतम १ सय ८० दिनका लागि पदबाट बर्खास्त गरेको मानिन्छ । मलाई ब्राजिलका ५ करोड ४० लाखभन्दा पनि बढी जनताले राष्ट्रपतिजस्तो पदमा निर्वाचित गरे । र, आज ब्राजिलको ज...बाँकी

चट्याङ लागेर एकैदिन २९ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको ज्यान गएको छ । मंगलबार बिहारको राजधानी पटनालगायत अरु ८ जिल्लामा गरी २९ जनाको मृत्यु भएको हो । बिहारमा केही दिनदेखिको अविरल वर्षाकाक्रममा परेको चट्याङमा अरु ९ जना घाइते भएका छन् । बिहार सरकारले मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ ...बाँकी

रगत बोकेर मोदीविरुद्ध प्रदर्शनमा किसान

भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् । सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किस...बाँकी

बैंक कर्मचारीलाई स्टेज मै उभ्याएर दण्ड

चीनमा बैंक कर्मचारीलाई दण्डित गरिएको एउटा भिडियो चर्चित बनेको छ । बैंकका प्रशिक्षकले कर्मचारीलाई लौरोले पिटिरहेको भिडियो भाइरल भएको हो । प्रशिक्षणका क्रममा ती कर्मचारीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै दण्डित गरिएको बताइन्छ । उक्त भिडियो चीन कै सरकारी संचारमाध्यम पिपुल्स डेलीले सार्वजनिक गरेको ...बाँकी

काबुलमा मारिएका नेपालीको शव ल्याउने तयारी, घाइते ७ जनाको उपचार हुँदै

अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीको आत्मघाती बम विष्फोटमा मारिएका नेपालीको शव ल्याउन सरकारले पहल सुरु गरेको छ । शव ल्याउन, घाइतेको अवस्था बुझ्न र अरु नेपालीको सुरक्षा अवस्थाबारे जानकारी लिन पाकिस्तानस्थित दूतावासबाट नेपाली अधिकारीहरु काबुलतर्फ गएका छन् । आज विहानै पाकिस्तानस्थित द...बाँकी

डोनाल्ड ट्रम्पको हत्या गर्न खोज्ने युवा पक्राउ

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयासमा संलग्न एक युवा पक्राउ परेका छन् । अमेरिकाको लस भेगसको र्‍यालीमा सहभागी माइकल स्टीवन सैंडफोर्डले लस भेगसमा आयोजना गरेको ट्रम्पको र्‍यालीका क्रममा सुरक्षाकर्मीको बन्दुक खोसी गोली हान्ने प्रया...बाँकी