newskoseli.Com

प्रदेश प्रमुख बनेका सातै जनाको यस्तो छ नालीबेली…

अंग्रेजीका प्राध्यापक गोविन्द सुब्बा प्रदेश– १ को प्रमुख बनेका छन् । ०३६ को जनमतसंग्रहपछि कांग्रेसमा लागेका धनकुटाका वासिन्दा सुब्बा सुरुमा अखिलको राजनीतिमा सक्रिय थिए । पूर्वकृषिसचिव रत्नेश्वरलाल कायस्थ प्रदेश– २ को प्रमुख बनाइएका छन् । जलस्रोतविद् कायस्थ महोत्तरीका वासिन्दा हुन् । राष्ट्रिय योज...बाँकी

बिहानै भक्तपुरमा व्यवसायीको हत्या, ३ जना पक्राउ

भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार बिहानै हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९, ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका– ९, ब्रह्मायणीमा घोप्टो परेको अवस्थाम...बाँकी

३ बजे पुनः मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख र ‘राजधानी’ घोषणा…

प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो ३ बजे पुनः बैठक बसी थप छलफल गरेर टुंग्याउने भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारे...बाँकी

जमिनबाट निस्क्यो बाफ, खतरा छैन : भूगर्भशास्त्री

स्थानीय सिउडीबार वस्ती नजिकै जमिनबाट बाफ निस्किएको छ । तर, यसबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् । जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको भूगर्भशास्त्रीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्कन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमर्...बाँकी

रहेनन् ‘योद्धा पत्रकार’ डम्बरबहादुर

मंगलबार बिहान इनरुवा– ६, मधेशास्थित आफ्नै निवासमा सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही साता यता नियमित औषधि सेवन गरिरहेका थिए । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका र...बाँकी

६ महिना चल्ने मल्लकालीन ‘माछा मार्ने जात्रा’ सुरु

६ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा सूर्यमढीबाट सुरु माघेसंक्रान्तिदेखि भएको छ । पहिलो चरणमा माघ १५ सम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा जात्रा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठ...बाँकी

४० हल गोरु जुधाइए बझाङी राजाको ‘स्वागत’ मा…

माघे संक्रान्ति पर्वका अवसरमा सोमबार तारुका, वेत्रवाती र पञ्चकन्यामा ४० हल (८० वटा) गोरु जुधाइयो । किसानले पालेका गोरु प्रतिस्पर्धा अन्तर्गतको हरेक वर्ष आयोजना गरिने ‘गोरु जुधाई प्रतियोगिता’ लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदको फुर्सदिलो समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पन...बाँकी

नर्सका ११ बुँदे माग : ३ घन्टा काम छाडेर विरोध…

पुनर्स्थापनालगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घन्टा काम छाडी विरोध जनाए । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, लामो समय स्वयंसेविकाका रुपमा काम गराएर भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सको पुनर्स्थापनालगायतका माग राखी न...बाँकी

दर्दनाक अवस्था : चिसोका कारण साताभित्रै एकै वडामा ५ को मृत्यु, जिल्लामा १३ पुगे

केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका– ६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो । यसअघ...बाँकी

अनौठो चलन : सिस्नो हानाहान गरेर माघी मनाइँदै…

जाजरकोटका गाउँ–गाउँमा सिस्नो हानाहान गरी माघी पर्व मनाउन सुरु भएको छ । नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नो हानाहान गरी माघी पर्व मनाइन्छ । यहाँ मामाकी छोरीलाई फूपूका छोराले सिस्नो हान्ने र साली–भिना तथा सोल्टी–सोल्टिनाबीच सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ । सिस्...बाँकी