newskoseli.Com

नगरकोटमा मृत भेटिइन् पुतली…

शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार साँगाचोक, सिन्धुपाल्चोक घर भई हाल चाँगुनारायण– ६, खरिपाटीस्थित ब्यासी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृत अवस्थामा टहरा नजिकै फेला परेकी हुन् । उनको मृत्युको कारण खुलेको छैन र थप अनुसन्धान ज...बाँकी

अष्टलक्ष्मी हारिन्, डोरमणि बन्ने भए ३ नं. का मुख्यमन्त्री

३ नं. प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक चुनावमा नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष एवं चर्चित नेतृ अष्टलक्ष्मी शाक्य पराजित भएकी छन् । प्रदेशसभा सदस्यहरूबीच शुक्रबार भएको चुनावमा डोरमणि पौडेल प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एमालेको एकल बहुमत रहेको ३ नं. प्रदेशमा मुख्यमन...बाँकी

निलम्बित महानिर्देशक शर्माको घरमा तोडफोड

राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड भएको छ । दिउँसो अज्ञात समूहले बूढानीलकण्ठ– २, रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ । ३०–४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको महानगरीय प्रहरी प्रभाग ...बाँकी

राष्ट्रियसभा चुनावको तयारी पूरा, बुधबार मतदान हुँदै

माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा तयारी पूरा भएको र बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । नेपालको संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका हु...बाँकी

वि.सं. २०७५ का लागि स्वीकृत भए यी १३ वटा पात्रो

नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ...बाँकी

७ नं. प्रदेशमा सभामुखको निर्वाचनको यस्तो छ कार्यतालिका

प्रदेश नं. ७ प्रदेशसभा सचिवालयले साेमबार प्रदेश सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार माघ २९ गते दिउँसो १ बजे प्रदेशसभा सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिका अनुसार प्रदेशसभाको निर्वाचनका लागि माघ २७ गते दिनको २ द...बाँकी

हेटौंडामै राजधानी राख्न सांसदलाई खाना र आवासमा छुट !

हेटौंडाका होटल व्यवसायीले प्रदेश नं. ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेका छन् । हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको स्थायी राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै ...बाँकी

रहेनन् साहित्यकार मनु ब्राजाकी

साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् । शुक्रबार बिहान ७५ वर्षको उमेरमा उहाँको निधन भएको जानकारी साहित्यकार सुनील पुरीले दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । साहित्यकार ब्राजाकीका श्रीमती र एक– एक छोरा–छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी...बाँकी

अझै चिसो, छिटफुट वर्षा र हिमपातको सम्भावना

उत्तर–पश्चिम वायुको प्रभावका कारण बिहीबार पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको सम्मिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौंसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो...बाँकी

नेपालमै पहिलो प्रदेशसभा बैठक सुरु

नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभाको बैठक सुरु भएको छ । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक ३ नं. प्रदेशसभाको पहिलो बैठक बिहीबार दिउँसो हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्य...बाँकी