२२ माघ, २०७४ |
धनगढी, २२ माघ ।
प्रदेश नं. ७ प्रदेशसभा सचिवालयले साेमबार प्रदेश सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार माघ २९ गते दिउँसो १ बजे प्रदेशसभा सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिका अनुसार प्रदेशसभाको निर्वाचनका लागि माघ २७ गते दिनको २ द...बाँकी
१९ माघ, २०७४ |
हेटौंडा, १९ माघ ।
हेटौंडाका होटल व्यवसायीले प्रदेश नं. ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेका छन् ।
हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको स्थायी राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।
सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै ...बाँकी
१९ माघ, २०७४ |
काठमाडौं, १९ माघ ।
साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् ।
शुक्रबार बिहान ७५ वर्षको उमेरमा उहाँको निधन भएको जानकारी साहित्यकार सुनील पुरीले दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
साहित्यकार ब्राजाकीका श्रीमती र एक– एक छोरा–छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी...बाँकी
१८ माघ, २०७४ |
काठमाडौं, १८ माघ ।
उत्तर–पश्चिम वायुको प्रभावका कारण बिहीबार पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको सम्मिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौंसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो...बाँकी
१८ माघ, २०७४ |
हेटौंडा (मकवानपुर), १८ माघ ।
नेपालको इतिहासमै पहिलो पटक प्रदेशसभाको बैठक सुरु भएको छ । हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक ३ नं. प्रदेशसभाको पहिलो बैठक बिहीबार दिउँसो हैटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ ।
दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्य...बाँकी
१८ माघ, २०७४ |
इनरुवा (सुनसरी), १८ माघ ।
कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी काठ लिलामीमा अनियमितता गरेको भन्दै जिल्ला वन कार्यालय सुनसरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण...बाँकी
१८ माघ, २०७४ |
नुवाकोट, १८ माघ ।
आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका– २ मा वृद्धा युकुमारी शाहको मृत्यु भएको छ ।
गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय ता...बाँकी
१७ माघ, २०७४ |
किरण भट्टराई
राजधानीमा हालै घटेका बलात्कार र लुटपाटका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको समेत बदमासी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले ती घटनाका सम्बन्धमा ५ प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक ब...बाँकी
१७ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
अपडेटः
फुल्चोकीमा हाइकिङ जाँदा ७ दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
उनले भने– “हामीले फुल्चोकीबाट ल्याएर अहिले बीएन्डबी अस्पतालमा पुर्याएका छौं ।” बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्...बाँकी
१७ माघ, २०७४ |
काठमाडौं, १७ माघ ।
सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि धमाधम कर्मचारी खटाइरहेको छ ।
सातवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिव ५ सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिए ।
खटिएकामध्य...बाँकी