newskoseli.Com

पहिलो पटक व्यावसायिक अनारखेती

 मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती सुरू गरिएको छ । स्थानीय नरेन्द्र पाण्डेयले ३ सय बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाइएको छ । १ पटक लगाएपछि दशौँ वर्षसम्म ...बाँकी

किन पाएनन् किसानले सहुलियतमा ऋण ?

सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ । मदनपोखराका सुकदेव रिजाल ३ पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउँछन् । “पटक–पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने । कृषि ऋण ...बाँकी

युवाआकर्षण बढ्दैछ गोलभेंडा खेतीतर्फ

पछिल्लो समय गोलभेंडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ । थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेंडा खेतीप्रति युवा आकर्षित भएका हुन् । व्यावसायिक रूपले गाेलभेंडा खेती गर्ने युवाहरूले जग्गा भाडामा लिएर काम गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि यस व्यवसायप्रति य...बाँकी

ट्राइफोलिएट फलेपछि सिन्धुलीका जुनारकिसान मख्ख

सिन्धुलीका जुनार किसानले जिल्लामै पहिलो पटक ट्राइफोलिएट फलाएका छन् । केही वर्षदेखि जुनार किसानले ट्राइफोलिएट लगाए पनि यस वर्ष मात्रै फलाउन सकेका हुन् । ट्राइफोलिएट एक जङ्गली वनस्पति हो । सिन्धुलीमा ट्राइफोलिएट नपाएपछि किसानले केही वर्षअघि ६ सय रूपैपायँ तिरेर १ किलो दाना ल्याई ट्राइफोलिएट रोपेको...बाँकी

रोपाइँका बेला डीएपी मलको अभाव

मुख्य खाद्यबाली धानको रोपाइँमा व्यस्त रहेका बेला डीएपी रासायनिक मलको अभाव भएपछि कैलालीका किसान चिन्तित भएका छन् । खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डीएपी मलको अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाए । रोपाइँ भएकै दिन प्रयोग गर्नुपर्ने डीएपी मल नपाउँदा रोपेका बोट नफस्टाई...बाँकी

गोठदेखि ओठसम्मै स्वच्छ–सफा दूध !

पशुपंक्षी विकास मन्त्रालयले आफ्ना ४० बुँदे प्रतिबद्धतामध्येको ‘गोठदेखि ओठसम्म स्वच्छ तथा स्वस्थ दूधको उपलव्धता’ भन्ने प्रतिबद्धतालाई व्यवहारमा लागू गर्ने प्रयास थालेको छ । यही प्रतिबद्धतालाई केन्द्रमा राखेर मन्त्रालयले मातहतको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयमार्फत राजधानीका ३ वटै जिल्लामा ...बाँकी

७ सय कृषकलाई अनुदान वितरण

 जिल्ला कृषि  विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७ सय ३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने कि...बाँकी

बैतडीमा पहिलोपटक कृषक दिवस मनाइयो

बैतडीमा सोमबार पहिलोपटक कृषक दिवस मनाइयो । एक गाविसमा प्रयोग भएका कृषि प्रविधिका नयाँ आयामलाई अर्को गाविसका कृषकलाई समेत जानकारी दिने उद्देश्यसहित वासुलिंग गाविसमा कृषक दिवस मनाइएको हो । दिवसका अवसरमा प्लास्टिक घरभित्र टमाटर खेती, काँक्रो खेती, प्लास्टिक मल्चिङ प्रविधि, मकै खेती प्रविधिलगायत...बाँकी

अब माटोको पनि ‘राष्ट्रिय महायज्ञ’ !

राजधानीमा मुख्यालय बनाई देशभर क्रियाशील एक संस्थाले ‘माटोप्रतिको माया बढाउन र उत्पादनमा जागरण ल्याउन’ भन्दै ७५ रै जिल्लाको माटो सङ्कलन गरेर माटोको राष्ट्रिय महायज्ञ गर्ने प्रस्ताव पारित गरेको छ । जल, जमिन, जङ्गल, जडीबुटी, जलवायु, जनावर, जनशक्ति र जराजुरीलगायत गरी ‘अष्ट ज’ को पहिचान, संरक्षण, सम्ब...बाँकी

हलोबाट कृषक यान्त्रिकीकरणतिर

केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ । जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्ली...बाँकी