newskoseli.Com

‘नयाँ नेपाल’ बनाउन के–के सहयोग चाहियो भारतको ? यस्ता छन् राजदूतका ‘प्रस्ताव’…

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरेका छन् । ‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकता...बाँकी

ललितानिवास प्रकरण : ‘भूमाफिया’ लाई न्यायाधीशको ‘लिफ्ट’ !

शोभाकान्त ढकालः मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुङ्गिन्छ । त्यहाँ के–कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २–४ जना मेरा पनि साथी छन् । शान्ता खनालः तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झु...बाँकी

तरकारीमा विषादीको भयावह अवस्था : जनस्वास्थ्य जोखिममा…

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा जनस्वास्थ्य जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले गरेको निर्वाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकहरूको भनाइ छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल ...बाँकी

जन्मदिन नमनाई पूर्वराजा ज्ञानेन्द्र परिवारसहित किन गए हात्तीवन ?

आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तीवन रिसोर्टमा पुगेका छन् । जन्मदिनको अघिल्लो दिन आइतबार उनी हात्तीवन रिसोर्ट पुगेका थिए । ज्ञानेन्द्रसँग पूर्व ‘श्री ५’ लाग्ने सबैको हात्तीवन रिसोर्टमै जमघट छ । विगतका वर्षहरुमा राजावादी...बाँकी

बजेट सक्न मनपरी खर्च : एकै दिनमा ६ अर्ब !

चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन् । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन...बाँकी

इन्जिनियरिङ पढ्न प्रवेश परीक्षाबिनै विदेश : यसरी पाए धोका !

विदेश गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नलिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता समेत नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ । वार्षिक करिव ६ हजार नेपा...बाँकी

साझा यातायातको ‘नाइट सर्भिस’ : कुन–कुन रुटमा, कति बजेसम्म पाइन्छ गाडी ?

साझा यातायातले रात्रिकालीन सेवा (नाइट सर्भिस) सुरु गरेको छ । पहिलो चरणमा साझाका तीन वटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट–चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ । गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भ...बाँकी

त्रिविको हर्कत : घूस लिँदै, फेललाई समेत ‘पास’ गराउँदै !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीलाई समेत ‘पास’ भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद...बाँकी

नेपाली महिलाको यस्तो पौरख : सुरक्षा संवेदनशील अमेरिकी संस्थामा बनिन् विज्ञ

महिलालाई ‘अशक्त’ र ‘अबला’ देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ कि...बाँकी

४४ नेपाली महिलाको बिचल्ली, चीनमै काम गर्न म्यानपावर सञ्चालकको दबाव

लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको ‘कम्पास म्यानपावर कम्पनी’ ले दबाव दिएको छ । काठमाडौंको पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो । चीनमा ४४ नेपाली महिला बिचल्लीमा परेको समाचार केही दिनअघ...बाँकी