newskoseli.Com

नेकपाको सचिवालय बैठकः एकता सचिवालयले नै टुंग्याउने, ‘भेनेजुयला वक्तव्य’ अनुमोदित

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सचिवालयबाटै टुंग्याउने निष्कर्ष निकालेको छ । त्यसैगरी, बहुचर्चित ‘भेनेजुयला प्रकरण’ बारे पनि अध्यक्ष प्रचण्डले यसअघि जारी गरेको विज्ञप्तिकै ‘लाइन’ लाई सचिवालयको बैठकले अनुमोदन गरेको छ । एकता प्रक्रिया...बाँकी

डा. गोविन्द केसीले २४औं दिनमा स्वयं तोडे १६औं अनसन

२४ दिनदेखि जारी प्रा.डा. गोविन्द केसीको १६औं आमरण अनसन उनले एकतर्फी रुपमा शुक्रबार अन्त्य गरेका छन् । अनसन तोडेसँगै डा. केसीले आफू चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको अवस्थामा अनसन ...बाँकी

भेनेजुयला–प्रकरणसम्बन्धी समाचारबारे प्रचण्डको ध्यानाकर्षण

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनलाई ‘कु’ गर्ने प्रयासमा लागेको अमेरिकाको विरोध गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिबारे शुक्रबार पत्रपत्रिकामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको निजी सचिवालयले जनाए...बाँकी

(भिडियो) अमेरिकाविरूद्ध खनिए नारायणकाजी : ‘साम्राज्यवादको नाइकेबाट समाजवादलाई जोगाऔं’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टा...बाँकी

देउवाको आक्रोश : राजा फालियो, अब पालो कम्यनिस्टको !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका– ३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउ...बाँकी

सरकारविरुद्ध खनिए कांग्रेस नेताहरु : देउवाले भने– ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् । सोमबार नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले सरकार प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई...बाँकी

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान : को–को सहभागी छन् भ्रमण टोलीमा ?

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्य...बाँकी

‘सर्वसाधारणको ठाउँ नओगटियोस्’ भन्दै वार्डमा सरे डा. केसी : भने– ‘प्रधानमन्त्री ओलीले बेइमानी गरे’

तीन दिनयता आर्इसीयूमा उपचारत डा. गोविन्द केसी सर्वसाधारणको ठाउँ नओगट्ने भन्दै वार्डमा सरेका छन् । वार्डमा सारिएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरशः पूरा नभएसम्म अनसन नतोड्ने बताए । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षबीच विगतमा सहमति भएकोमा प्रधानमन्त्रीले त्यसको कार...बाँकी

सरकारमै बसेर उपेन्द्रको आह्वान : ‘सरकारविरुद्ध सङ्घर्षका लागि तयार रहनोस्’

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्न सरकार तयार नभए सङ्घर्षका लागि तयार रहन ‘मधेशवासी’ हरुसँग आह्वान गरेका छन् । संविधान संशोधनकै लागि आफू सरकारमा सहभागी भएको दावी उनले गरेका छन् । मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा ...बाँकी

पाटन दरबार स्क्वायर क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन (हेर्नोस् १४ तस्बिर)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रका सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिए । २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा २०७२ को भूकम्पले क्षतिग्रस्त स्मारकको पुनर्...बाँकी