newskoseli.Com

१ शिक्षकको भरमा विद्यालय सञ्चालन

आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय १ जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ । विसं २०५० मा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा १ जनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक ...बाँकी

सरकारी सहयोगबिना नै ६६ विद्यालयमा भवन बन्यो

बारपाकलाई केन्द्र बनाएर भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । ४ वटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, ५ भन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका छन् । श्रीनाथकोट, घ्याल्चोक...बाँकी

शैक्षिक उन्नयनका लागि विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीे दोवास्थित कैलाश माविको शैक्षिक उन्नयनका लागि विदेशमा रहेका दोवावासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको सिलसिलामा बेलायत, हङ्कङ, दक्षिण कोरिया र कतारमा पुगेका दोवावासीबाट विद्यालयका निजी स्रोतका शिक्षकको तलब, भत्ता, कम्प्युटर कक्षा सञ्चालन र गुणस्तर वृद्ध...बाँकी

खुला अकासमुनि पढ्न बाध्य भए बालबालिकाहरू

महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् । जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि अध्ययन गर्न बाध्...बाँकी

दोब्बर शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

जलजला बहुमुखी क्याम्पसमा गरिएको शुल्क वृद्धिविरुद्ध विद्यार्थीले क्याम्पस प्रशासन समक्ष मंगलबार चर्काे शुल्क वृद्धि फिर्ता हुनुपर्ने माग गरेका छन् । स्नातक तहमा अध्यनरत विद्यार्थीले बुझाएको ५ बुँदे ज्ञापनपत्रमा यथेष्ट पुस्तकसहितको पुस्तकालय व्यवस्था हुनुपर्ने, निर्माण व्यवसायीबाट क्याम्पस भवन ह...बाँकी

शिक्षा प्रणालीमा सुधार गर्न जोड

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विद्यार्थीलाई सिर्जनशील बनाउन अहिलेको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन्। लेखक रविराज बसौलाले लेखेकाे ‘बालमैत्री’ नामक कृतिको विमोचन गर्दै उनले भने– “विद्यार्थीको जग भनेको प्रारम्भिक तहको शिक्षा हो, यसलाई रचनात्मक बनाउनुपर्छ, विद्यार्...बाँकी

‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु

कक्षा कोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न ‘एक शिक्षक, एक झोला’ कार्यक्रम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने जनाएको छ । पहिलो चरणमा जिल्लाका ३ सय १ विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन सम्झौता भई कार्यक्रम क...बाँकी

कृषि शिक्षामा बढ्दो आकर्षण

खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्...बाँकी

बन्द गरिएका १९ विद्यालय एकीकृत

जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ । जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी ...बाँकी

निजी विद्यालयको विरोध प्रदर्शन

प्रस्तावित शिक्षा नियमावलीमा निजी विद्यालयप्रति पूर्वाग्रह गरिएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली, २०७३ को मस्यौदामा निजी लगानीमा सञ्चालित विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन ग...बाँकी