९ फाल्गुन, २०७५ |
काठमाडौं, ९ फागुन ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडि...बाँकी
९ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयसहित एकता कार्यदलको संयुक्त बैठक अनिर्णित भएको छ ।
संगठनात्मक एकताका बाँकी काम टुंग्याउन गठन भएको कार्यदलको म्याद थप्ने वा विघटन गरिदिने भन्ने विषयमा सचिवालयभित्रै विवाद भएपछि बैठक...बाँकी
९ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । पार्टीको बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने विषयमा बैठकमा एकीकरण कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल चलिरहेको छ ।
सोमबार बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको अधकल्चो प्रतिवेदनमाथि संक्षिप्त छलफल भ...बाँकी
८ फाल्गुन, २०७५ |
काठमाडौं, ८ फागुन ।
नेपालको प्राज्ञिक इतिहासमा एउटा ज्यादै नै लाजमर्दो र विडम्बनापूर्ण घटना देखा परेको छ ।
बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको आकस्मिक बैठकले ‘यौन दुर्व्यवहार’ को आरोप लागेका शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई पदबाट निलम्बन गरेको छ । परिषदको आकस्मिक बैठकले साहलाई नि...बाँकी
८ फाल्गुन, २०७५ |
पोखरा, ८ फागुन ।
नक्कली नोट छाप्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङस्थित डेराबाट नक्क...बाँकी
८ फाल्गुन, २०७५ |
काठमाडौं, ८ फागुन ।
एक इमानदार चालकको इमानदारीका कारण ट्याक्सीमा छुटेका बहुमूल्य सामग्री सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
बिहीबार बिहान ५ बजे काठमाडौंको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको गुल्मीकी वसन्ता भुसालको गरगहनासहितको सामान सुनसरीका ट्याक्सीचालक सिमल राईले फिर्ता गरेका हुन् । ...बाँकी
८ फाल्गुन, २०७५ |
खोटाङ, ८ फागुन ।
भारतबाट झिकाइएका शिकारीद्वारा नेपालमा बाँदर समात्न थालिएको छ ।
केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा ‘बाँदर समाउ अभियान’ थालिएको हो । बाँदर समात्न माघ २१ मा दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले फागुन ३ मा आफ...बाँकी
७ फाल्गुन, २०७५ |
गलकोट (बागलुङ), ७ फागुन ।
जैमिनी नगरपालिका– ८, छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।
ध १ ज ७९१ नम्बरको जिप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्कंदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा पर...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढी पुगेका छन् ।
बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम ...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति अब भने संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ लाई संशोधनको तयारी गरिरहेको छ ।
नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार त्यति बेलाभन्दा अहिले य...बाँकी