२८ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालमा क्रियाशील तीन वटा क्रान्तिकारी–प्रगतिशील सांस्कृतिक संगठनहरुको संयुक्त बैठ सम्पन्न भएको छ । बुधबार राजधानीमा बसेको ती संगठनहरुको बैठकले भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको छ ।
बिहीबार सञ्चार माध्यमहरुमा सम्प्रेषित विज्ञप्तिको पूर्णपाठ यस्तो छ–
२०७६ कात्तिक २७...बाँकी
१० कार्तिक, २०७६ |
जनगायक जीवन शर्माका छोराको उपचारका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ ।
जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल हातामा अवस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत जनगायक शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १ ल...बाँकी
१९ आश्विन, २०७६ |
दीपक आचार्य
एक पटक मलाई दसैं मनाउन मन छ
हो, एक पटक मलाई दसैं मनाउन मन छ
वर्षभरिको काम र थकाई बिर्सिएर
खुशीयालीको दसैं मनाउने मन छ
बारीभरि पहेंलै मकै भाँच्दै गर्दा
‘दसैंअगाडि नै तोरी छरिसक्नुपर्छ’ भन्ने
मकैका सर्याङ–सर्याङ आवाजसँगै मिश्रित
बुबाको आवाज सुन्न मन छ
हो, मलाई तोरी छरिसकेको दसैं मनाउन मन छ !...बाँकी
६ आश्विन, २०७६ |
दीपक खनाल
भन्नेहरूले जेसुकै भनून्
ठान्नेहरूले जस्तोसुकै ठानून्
देख्नेहरूले जे देख्छन् देखून्
बुझ्नेहरूले जसरी बुझ्छन् बुझून्
म ....? म नै हुँ !
जर्साबको दरबारमा पालिएको
चेइचेइ गर्नासाथ पुच्छर हल्लाउँदै
जर्साबकै खुट्टा चाट्ने पाल्तु कुकुर होइन म
आफ्नी आस्थालाई बध गरेर
क्रय–विक्रय गर्ने ‘कसाही’ होइन म,...बाँकी
२५ श्रावण, २०७६ |
शेषकान्त गौतम
कमरेडहरू,
हिजो राति, त्यस्तै ११ बजेको हुँदो हो । सुत्ने तरखर गर्दैथें, फेसबुक फ्रेन्ड एउटी युवतीको स्टाटस आयो– ‘मलाई निद्रा लागिरहेको छैन... ।’
उनको स्टाटसमा मैले ‘लभ–रियाक्ट’ गरें र एउटा छोटो कमेन्ट पनि लेखिदिएँ– ‘पहिले सुत न... ! अनि पो निद्रा लाग्छ प्रिये !’
त्यसपछि म पनि सुतें ।
रात...बाँकी
२३ श्रावण, २०७६ |
प्रवेश दाहाल
ए दलाल सम्राट
तिमीसँग
लाखौं बन्दुक छन्
सेना–प्रहरीको ठूलो तागत छ
अड्डा–अदालत, संविधान–कानुन
सिङ्गो राज्यसत्ता तिम्रै हातमा छ
हजारौं भिजिलान्तेको जत्था छ
‘विदेशी प्रभु’ को आशिर्वाद छ
हो सम्राट !
यो तिम्रो समय हो
तिमीलाई जे–जे मन लाग्छ– गर ।
सम्राट
तिमी बलवान् छौ
सर्वशक्तिमान ...बाँकी
१ असार, २०७६ |
मनऋषि धिताल
म सबेरै उठ्छु
किनकि मलाई
प्रिय घाम नउदाउँदै
उनको स्वागत गर्नु छ
म सबेरै उठ्छु
किनकि मलाई
मायालू तारा नअस्ताउँदै
उनीहरुको बिदाइ गर्नु छ ।
म सखारै उठ्छु
किनकि मलाई माया गर्नेहरु
मेरो पर्खाइमा छन्
म बिहानीपख
सबेरै उठ्छु किनकि
मैले श्रद्धा गर्ने मनवीर दाइका लागि
अञ्जु...बाँकी
१९ जेष्ठ, २०७६ |
सीताराम केसी ‘ध्रुव’
बन्दुक समाई बसेको छ सरकारले
नाकमै बारुद घसेको छ सरकारले ।
लुटेरा पुँजीवादलाई बोकेर काँधमा
गरिब वर्गलाई डसेको छ सरकारले ।
भ्रष्टाचारविरुद्ध पनि बोल्नै नहुने
समातेर पाता कसेको छ सरकारले ।
नदी बेच्नेहरू नै फेरि कुर्सीमा पुग्दा
देशैमाथि छुरा धसेको छ सरकारले ।
...बाँकी
२० चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेपालका सम्पूर्ण ‘वाम’ पक्षधर लेखक–साहित्यकारहरुको साझा मोर्चा रहँदै आएको प्रगतिशील लेखक संघ (प्रलेस) बाट ‘माओवाद’ र ‘माओ विचारधारा’ मा आस्थावान् लेखक–साहित्यकारहरुले सम्बन्ध–विच्छेद गरेका छन् ।
नेपालमा मूलतः माले स्कुलिङबाट आएको एमाले र चौथो महाधिवेशन (चौम) स्कुलिङबाट आएको माओवादी धाराले कम्य...बाँकी
१६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सबै धार र घटकहरुमा विभाजित वामपन्थी विचारमा आस्थावान् र संगठित लेखक–साहित्यकारहरुको साझा र छाता संगठनका रुपमा क्रियाशील रहँदै आएको प्रगतिशील लेखक सङ्घ (प्रलेस) ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विधिवत विभाजनको प्रक्रियामा गएको छ ।
यसअघि प्रलेसमा आबद्ध रही सल्लाहकार परिषद्, केन्द्रीय पदाधिका...बाँकी