सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्कंदै गइरहेका बेला अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद नै टुटेको छ ।
३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर ‘आरोप’ लगाउँदै अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेपछि अध्यक्षद्वयबीच संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आए पनि ३ मंसिरको सचिवालय बैठकयता ओली र प्रचण्डका बीचमा संवाद भएको छैन ।
हरेक समस्या आउँदा दुई अध्यक्षबीचको संवादमार्फत समाधानको पहल हुने गरेको थियो । तर, अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती नै रहेको निकटस्थहरूले बताएका छन् । प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ओली पक्षले ‘अराजनीतिक आरोपपत्र’ संज्ञा दिँदै आएको छ ।
नेकपाभित्रको शक्ति संघर्षले एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दूरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् । ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर ‘अराजनीतिक आरोपपत्र’ प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई नकार्न नसकिने जिकिर गर्दै आएका छन् ।
प्रचण्ड पक्षका नेताहरूले भने अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै पार्टीका निर्णयहरू कार्यान्वयन नगरेकाले समस्या चर्केर आएको बताउँदै आएको खबर सुभाष साहको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)
यी सामग्री पनि पढ्नुहोस्–
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र