newskoseli.Com

क्रिकेटमा गोल्डेनगेट र हर्टल्यान्डको जित

‘एक्स्पर्टस् कलेज प्रिमियर लिग क्रिकेटअन्तर्गत साेमबार भएका खेलमा गोल्डेनगेट कलेज र हर्टल्यान्ड कलेज विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा गोल्डेनगेटले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई १ सय १६ रनले तथा दोस्रो खेलमा हर्टल्यान्डले भीएस निकेतनलाई १ सय १४ रनले पराजित ...बाँकी

भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय गोल्डकप आजदेखि

शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको १२ औ संस्करण आजबाट सुरु हुँदैछ । धनकुटाको तल्लो टुडिखेलमा वैशाख २५ सम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा भारतको सेरे क्लब कालिम्पोङ र भुटानको वि.आर.सी क्लवसँगै नेपालका ए डिभिजन क्लबहरु रमपम झापा–११, ब्वाईज युनियन, ...बाँकी

आईपीएल क्रिकेटमा गुजरात लायन्सको रोमाञ्चक जित

ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात लायन्स ३ विकेटले विजयी भएको छ । शुक्रबार राती पूणेमा भएको खेलमा गुजरातले राइजिङ पूणे सुपर जाइन्ट्सलाई अन्तिम बलमा हराउँदै रोमाञ्चक जित निकालेको हो । सुपर जाइन्ट्सले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको गुजरातलाई जितका अन्तिम बलसम्म कुर्नु पर्‍यो । गुज...बाँकी

अन्तर्राष्ट्रिय कराते जेठ महिनामा

दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ । नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित छ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा २८ स्वर्णका लागि प्र...बाँकी

क्रिकेट बचाउन सरकार अभिभावक बन्नुपर्छ– महासचिव प्याकुरेल

काठमाडौँ, १७ वैशाख ।निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले देशको क्रिकेट बचाउन सम्बन्धित निकायसँग सवै किसिमको छलफल गर्न चाहेको बताएका छन् । काठमाडाैंमा  अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्याकुरेलले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भर्खरै क्यानलाई गरेको निलम...बाँकी

आइपिएलमा मुम्बई ईण्डियन्सद्वारा कोलकाता ६ विकेटले पराजित

ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको हो । मुम्बईको जितमा सुरुवाती ब्याट्सम्यान एवं कप्तान रोहित शर्माले अविजित ६८ रन जोडे । यस...बाँकी

भियारियालद्वारा लिभरपुल पराजित

युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ । इङ्लिस क्लब लिभरपुललाई स्पेनको भियारियालले १-० ले हराएको हो । स्पेनमा भएको खेलको ईन्जुरी समयमा एड्रियानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । लिभरपुल र भियारीयालबीच...बाँकी

एथ्लेटिको मड्रिडद्वारा बायर्न म्युनिख पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको छ । एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल ग...बाँकी

खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

खोटाङमा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितेरियो कराते सङ्घ खोटाङको आयोजनामा आगामी जेठ–२१ देखि २३ गतेसम्...बाँकी

आइसिसीद्वारा क्यान सदस्यता निलम्बन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले नेपाल क्रिकेट सङ्घ ‘क्यान’को सदस्यता निलम्बन गरेको छ । क्यानसम्बन्धी अदालतमा चलिरहेको मुद्दा र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिका कारण नेपालमा क्रिकेट नेतृत्वमा आएको रिक्ततालाई दृष्टिगत गर्दै सो निर्णयमा पुगिएको परिषद्ले जनाएको छ । परिषद...बाँकी