newskoseli.Com

‘नरबलि’ का लागि बालिकाको भारततर्फ तस्करी !

‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ । पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामा...बाँकी

ओली सरकारको न्यायपरिषदमा शाहीकालीन महान्यायाधिवक्ता !

केपी शर्मा ओली नेतृत्वको सरकारले रिक्त न्यायपरिषद् सदस्यमा शाही शासनकालका महान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालालाई सिफारिस गरेको छ । सरकारले निरालाको नाम सिफारिस गरेसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कानुन व्यवसायीले तीव्र असन्तुष्टि जनाएका छन् । मंसिर १८ मा परिषद् सदस्य पदमप्रस...बाँकी

सूर्य ग्रहण : ‘खाना खाँदा हुन्छ, नांगो आँखाले हेर्नु हुँदैन, गर्भवतीलाई केही हुन्न’

वैज्ञानिकहरु भन्छन्– ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् । क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेण्ड ...बाँकी

र्‍याल काड्दै राजपा : ‘वातावरण बने सरकारमा जान्छौं’, सरकार भन्छ : ‘वातावरण त बनिसक्यो’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीसँग दुईबुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी (राजपा) दबावमा परेको छ । साृ पार्टी सरकारमा जाने कि समाजवादी पार्टीसँग एकीकरण गर्नेतर्फ लाग्ने भन्ने विषयमा दबावमा परेको हो । दुईबुँदे सहमति भएको दुई दिनपछि संविधान संशोधनमा सरकारले बेवास्ता गरेको भन्दै समाजवादी पार...बाँकी

आजै राजीनामा दिँदै उपसभामुख, सभामुखमा नेम्बाङकै सम्भावना

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन् । सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन् । संसद् सचिवालयले पुस १४ मा सभामुखका निर्वाचन तालिका बनाएको छ । सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो । सभा...बाँकी

अमेरिकाको धम्की : ‘एमसीसी नचाहिए नलिनू, अनावश्यक बहस नगर्नू’

नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन अमेरिकाले ‘सुझावात्मक धम्की’ दिएको छ । एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो ‘सुझाव’ दिएको हो । यसबारे ‘अनावश्यक बहस नगर्न’ समेत अमेरिकाले नेपाललाई ‘चेतावनी’ दिएको छ । नेपालमा विकास गरी गरिबी कम गर्न...बाँकी

उपेन्द्र यादव : सत्ता साझेदारीमा सधैं असफल…

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । सो पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् कानुनमन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको तयारीका लागि लगेको ठाडो प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकृत गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो । यादवले सरकारको नेतृत्व ...बाँकी

कसरी बिग्रियो ‘सूत्र’ ? सबै स्थानीय तहको लेखा प्रणाली नष्ट !

देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने ‘सर्भर सूत्र’ लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहको अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेज...बाँकी

राजधानीमा बढ्दो चिसोको सकस : दिनहुँ १ हजार अस्पताल पुग्दै

बढ्दो चिसोले उत्पन्न स्वास्थ्य समस्याका कारण राजधानीका मुख्य अस्पताल बिरामीले भरिएका छन् । राजधानीका पाँच मुख्य अस्पतालमा मात्रै दैनिक सात सयको हाराहारीमा चिसोले प्रभावित बिरामी पुग्ने गरेका छन् । अस्पतालका आईसीयू तथा मेडिकल वार्ड चिसोका बिरामीले भरिएको चिकित्सकले जनाएका छन् । ‘अरु बेला ओपीडीबाटै...बाँकी

लाजमर्दाे ‘चामल राजनीति’ : नेताको ‘चिट’ भए मात्र चामल पाइन्छ, नत्र रित्तै !

हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको ‘चिट’ (सिफारिस) लिनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने तर सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था कायम छ । अनुदानको चामल पाउन नेताको ‘चिट’ लिनुपर्ने भएपछि खार्...बाँकी