newskoseli.Com

राष्ट्रिय मानवअधिकार आयोगको टोली के गर्दैछ दिल्लीमा ?

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले मानवतस्करी र भारतमा रहेका प्रवासी–आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ । आयोगको टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ । भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुल...बाँकी

दलालको प्रलोभनमा विदेश जान खोजेका ७ महिला दिल्ली र म्यानमारमा अलपत्र

भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका ७ महिलाले अब आफूहरु एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । इराक, कुवेत, यूएईलगायतका देशमा काममा लगाइदिने प्रलोभनमा उनीहरू मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीह...बाँकी

अब पालो सांसदको ? दिए ‘चेतावनी’ : बजेट नपाए साँच्चिकै अनसन बस्छु…

राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिदेखि नै सञ्चालनमा रहेका बहुवर्षीय योजना समेत रोक्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचा...बाँकी

प्रधानमन्त्री अ‍ोलीको गृहनगरमा योजनैयोजना…

अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौं योजना केन्द्रित गरिएका छन् । राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौंको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका ल...बाँकी

नेकपाका दुई अध्यक्षबीच चर्किंदै ‘जुहारी’ !

भेनेजुयलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कडा आलोचना’ सहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा तीव्र मतभेद उत्पन्न भएको छ । भेनेजुयला प्रकरणमा नेकपाका दुई अध्यक्ष प्रचण्ड र केपी शर्मा अ‍ोलीबीच यतिब...बाँकी

बोक्सीको आरोपमा फेरि कुटपिट : जिउँदै जलाउने धम्की

सिरहाको नरहा गाउँपालिका– ३, चन्द्र अयोध्यापुरस्थित खोरिया टोलकी एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । ‘बोक्सी मन्त्र’ र ‘टुनामुना’ गरी छिमेकी युवकलाई बिरामी बनाएको भन्दै करिव ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हु...बाँकी

तोडियो मेलम्चीको ठेक्का, सीएमसीको धरौटी जफत हुँदै

मेलम्ची आयोजनको सुरुङमार्ग र हेडबक्स नै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको ब...बाँकी

‘कृषिप्रधान’ नेपाल : ७ अर्बको तरकारी आयात, ११ करोडको निर्यात !

पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेंडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बीचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारी बारीमै डोजर लगाउँछन् । आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने...बाँकी

साढे ३३ किलो सुन काण्ड : ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

चर्चित साढे ३३ किलो सुन तस्करी एवं उर्लाबारी, मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई थुनामै राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरले उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो । थुनामा रहेका ८...बाँकी

जब १३ वर्षको उमेरमै श्रीमान् गुमाएर रिता भइन् विधवा !

गत वर्षको असोजमा रिता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले ‘रङ नम्बर’ भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रिता र सुनिलबीच कुराकानीको ...बाँकी