newskoseli.Com

माधव नेपालको पार्टीमा कार्यविभाजन : कुन–कुन जिम्मेवारीमा को–को ?

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सो पार्टीबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मुलुकका ७ मध्ये ६ प्रदेश तथा उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज समेत तोकेको छ...बाँकी

ओली समूह बढारियो देशैभरबाट : केन्द्रसहित सबै प्रदेशबाट सत्ताच्युत !

नयाँ संविधान लागू भएपछिको पहिलो प्रतिनिधिसभा एवम् प्रदेशसभा चुनावमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको गठबन्धनका आधारमा झण्डै दुईतिहाइ बहुमत हासिल गरी नेकपाको नेतृत्वमा संघीय (केन्द्रीय) सहित सातमध्ये छ प्रदेशमा शक्तिशाली सरकार बनेका थिए । तर, विडम्बना ! त्यो शक्ति र सत्ता नेकपाभित्र एमाल...बाँकी

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...बाँकी

कांग्रेस, माओवादी, एसपा र जसपाबीच मिल्यो भागबण्डा : कसले पाए कति मन्त्रालय ?

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा अलग्गिएको नेकपा एकीकृत समाजवादीले पार्टीले बुधबार वैधता पाएलगत्तै बिहीबार चार दलबीच मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । अब सरकारमा कांग्रेस, माओवादी केन्द्र, एसपा र जसपा गरी चार दल सहभागी हुने भएका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले ६ मन्त्रालय प...बाँकी

३ एजेण्डासहित एमाले बैठक बस्दै, वामदेवको प्रष्टोक्ति : ‘बैठकमा नजाने, राजीनामा पठाइदिने’

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेका केन्द्रीय नेता तथा सांसदहरूलाई ‘कारबाही’ को प्रक्रिया थाल्ने, विवादास्पद १० बुँदे सहमति कार्यान्वयनका निम्ति स्थायी कमिटीले पारित गरेको प्रस्तावलाई अनुमोदन गर्ने र विधान अधिवेशनको कार्ययोजना पास...बाँकी

माधव नेपाल र महन्थ ठाकुरका पार्टीले पाए दलको वैधता

नेकपा (एमाले) बाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि २ भदौमा दिइएका बेग्लाबेग्लै निवेदन र वर्तमान कानुनी व्यवस्थाअनुसार संघीय संसद् वा केन्द्रीय समितिमा आवश्यक स...बाँकी

माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन (कसलाई के ? सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो स्थायी समितिको बैठक, केन्द्रीय समितिको बैठक र त्यसपछि फेरि बसेको स्थायी समितिको बैठक हुँदै प्रदेश, विभागहरु र जिल्ला नेतृत्व समाल्ने गरी नेताहरुको कार्यविभाजन गरिएको छ । पछिल्लो जिम्मेवारी बाँडफाँटअनुसार पार्टीको प्रवक्तामा प...बाँकी

माधव नेतृत्वको एकीकृत समाजवादीको विधान, नियमावली र घोषणापत्र (पूर्णपाठ)

नेकपा (एमाले) का निवर्तमान वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजित गरेर हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा दर्ता भएर पार्टीको वैधानिकता पाउने क्रम चलिरहेकै बेला मंगलबार पार्टीको विधान, नियमावली र घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेको छ । सोमबार अपराह्नदेखि नै राजध...बाँकी

माधवलाई ‘धोका’ दिएका ९ नेतालाई ओलीले भने ‘पिलोका खिल’ : ओली न नेपाल, कतै नमिल्ने ‘एकतावादीहरु’ को निर्णय (विज्ञप्तिसहित)

तत्कालीन नेकपा हुँदै पुनर्जीवित एमाले विभाजन हुँदासम्म अध्यक्ष खड्ग ओलीको तीव्र आलोचना गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको ‘विद्रोही’ समूहको अगुवाइ गरेका स्थायी कमिटीका ९ नेताले ‘तेस्रो धार’ जन्माउने संकेत गरेका छन् । अन्ततः एमाले विभाजित भई माधवकुमार नेपालको अध्यक्षतामा ने...बाँकी

अष्टलक्ष्मीको ‘यु–टर्न’ : ‘कट्टर विरोधी’ बाट एकाएक ‘संस्थापनकै’ मुख्यमन्त्री !

वागमती प्रदेशको नेतृत्वमा एकाएक हेरफेर भएको छ र एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार बहुमतको आधारमा शाक्यलाई बुधबार साँझ प्रदेशप्रमुख विष्णुप्रसाद कोइरालाले मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेभित्रको विद्रोही पक्ष झलनाथ खनाल–माधवकुमार नेप...बाँकी