१९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि असार २ मा बसेदेखि नेकपाका कुनै औपचारिक बैठक बसेको छैन ।
नेकपा केन्द्रीय कार्यालयले जनाए अनुसार बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको सचिवालय बैठक बस...बाँकी
१६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले घोषणा गरेको निषेधित क्षेत्रलाई ‘गैरलोकतान्त्रिक’ भन्दै बलजफ्ती गर्न प्रयास गरेका उज्वल थापा–रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा नामक दलका नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै शन...बाँकी
१५ असार, २०७५ |
काठमाडौं, १५ असार ।
रौतहटमा नेपाल प्रहरीको गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । राजदेवी नगरपालिका– ४, गडहिया, डुमरिया नजिक बागमती नदीको बाँधमा बिहीबार राति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।
दोहोरो भिडन्तमा प्रहरीको गोल...बाँकी
१५ असार, २०७५ |
न्युजकोसेली संवाददाता
शुक्रबार बिहान सोलुखुम्बुको नेचा सल्यानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले भने ७ जनाको मृत्यु भएको भनी गलत समाचार सम्प्रेषण गरेको छ ।
नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जिप शुक्रबार बि...बाँकी
१४ असार, २०७५ |
न्युजकोसेली संवाददाता
धादिङको खनियाबाँस गाउँपालिका– ५, साइस्वाँरामा बुधबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जना र अर्को परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर करिव ३२ वर्षीया वसुदा गुरुङ र उनका २ छोरी– १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो । त्यसैगरी, ६५ वर्षिय शम्...बाँकी
११ असार, २०७५ |
काठमाडौं, ११ असार ।
सुनसरी कोशी गाउँपालिका– ७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।
साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका– ४ स्थित प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै...बाँकी
११ असार, २०७५ |
काठमाडौं, ११ असार ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्ने बताए । मन्त्र...बाँकी
१० असार, २०७५ |
काठमाडौं, १० असार ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।
परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेबसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्ब...बाँकी
९ असार, २०७५ |
काठमाडौं, ९ असार ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ ।
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । ‘विदेश पुगिसकेपछि उद्धार ग...बाँकी
९ असार, २०७५ |
काठमाडौं, ९ असार ।
नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ ।
...बाँकी